शुक्रबार र शनिबार काठमाडौ उपत्यकाबाट बाहिरिन पाइने भित्रीनेलाई रोक ।

२०७६, २७ चैत्र बिहीबार १६:३०

चैत्र २७, काठमाण्डौ , चैत्र ११ देखि सरकारले गरेको लक डाउनका कारण काठमाडौं बाट बाहिरिन नपाएका यात्रुहरु लाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ ।

लक डाउनको बेला काठमाडौ बाट मानिसहरू हिँडेरै भयपनी टाढा-टाढा आफ्नो गृहजिल्ला जान थालेपछी सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो तर बाहिर बाट उपत्यका भित्रीन भने पाइने छैन । बाहिर जान चाहने यात्रुहरुलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसको प्रभाव बढ्दै जांदा लकाडाउन लम्बियो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । लामो दुरीको रुटमा सुरक्षाकर्मीले स्कटिङ गर्नेछ भने छोटो दुरीको हकमा के कसरी सवारिसाधान ब्यवस्थापन गर्ने भन्ने गृहमन्त्रालयमा छलफल भैरहेको यातायात मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु