कोरोनाको सन्त्रासबाट जन्मेका प्रश्न।

२०७६, २७ चैत्र बिहीबार १२:२८
नारायणप्रसाद कोइराला, भैरहवा । कोरोना (कोभिड–१९) अहिले विश्व समुदायलाई आतंकीत बनाई रहेको छ । बैज्ञानिक र भौतिक जिवनमा सफलतातर्फ उन्मुख भएको विश्वको संरचनालाई नै एउटा अदृष्य शक्तिले तिमिहरु असफल हौ भनि सावित गर्ने प्रयास गरेको छ । हुनत हाम्रो विज्ञान त्यति कमजोर त छैन र पनि यस्ता संक्रमणलाई रोक्न नसक्नुले कहि कतै हाम्रो कमजोरी त होइन ? भन्न मन लागेको छ । पृथ्वी मात्र नभएर चन्द्रमा देखि मंगलग्रह संम्म पनि मानव समुदाय विस्तार गर्ने बैज्ञानिकहरुको चाहनालाई जावो एउटा भईरसले चुनौति दिएको देख्दा हामी भित्रको सफलता असफलता छर्लंग भएको छ । हुन त यस प्रकारका संक्रमण (इपिडेमिक)हरु पहिला पनि नभएको होईन तर पहिलाको तुलनामा अहिले साधन स्रोतले भरिपूर्ण भएको अवस्था छ । अहिलेको विज्ञानले नयाँ नयाँ प्रविधिहरुको पत्तालगाएका छन्, विभिन्न खाले खोजहरु गरिरहेका छन् र साधन स्रोतपनि प्रयाप्त रहेको अवस्थामा विश्वमा एक शत्तिशाली मुलुकको पहिचान स्थापित गर्न सफल राष्ट्र चिनको वुहान शहरबाट फैलिएको कोभिड–१९ (कोरोना भईरस)ले एकतर्फी रुपमा युद्ध गरि विश्व भ्रमण गरीरहेको छ ।
चिनबाट विस्तार हुँदै अहिले युरोप, अमेरीका लगाएत विश्वभरको करिव २०० बढि मुलुकमा फैलिएको छ । युद्धको लागि पुर्णरुपमा तयार भएर वुहानबाट हिडेको एक योद्धा (कोरोना) निशस्त्ररुमा रहेका मानव समुदायको हत्या गरी विश्वमा आफ्नो एकलौटि साम्राज्य खडा गर्न खोजेको छ । शक्तिशाली मुलुकहरु जो विश्व समुदायलाई आफ्नो दासत्वलाई स्वीकार गर्न बाध्य बनाउन चाहनेहरु पनि आज उक्त भाईरसको चपेटामा परेर आफ्नो हैसिएत थाहा पाएका छन् । अमेरीका जो संसारको शक्तिशाली मुलुक जो अहिले सबै भन्दाबढी कोरोना भाइरसको चपेटामा परेको छ । विश्व समुदायलाई नै चुनौति दिई आफुलाई शक्तिशाली छु भन्ने व्यक्तिहरुलाई अहिले एउटा अदृष्य शक्तिले घर भित्र कैद गर्न सफल भएको छ । उद्योग कलकारखानहरु बन्द छ, यातायातहरु बन्द छन्, मानिसहरुमा त्रासको वातावरण छ । एक अर्का विचको घनिष्टता पनि तोडिदै छ । सच्चै यस कोभिड १९ ले मानव सुमदायलाई ठूलो क्षति पु¥याउने हो त ? के यसबाट बच्ने कुनै उपाय छैन त ? प्रकृतिलाई नै चुनौति दिने बैज्ञानिकहरु, औषधि विज्ञानहरु असफल नै भएका हुन् त ?
कोरोना अर्थात कोभिड १९ भइरसजस्तो खतरनाक भइरसहरु यो भन्दा पहिले विश्व समुदायमा न फैलिएको पनि होईन । सन् १३१४ ताका फैलिएको ब्ल्याक डेथ (बुबोनिक प्लेग) ले विश्वमा करिव २० करोड जतिको ज्यान लिएको इतिहास कहि कतै भटिन्छ त्यस्तै गरि सन् १९१८ देखि फैलिएको स्पेनिस फ्लुले पनि करिव ४ करोड जति मानिसको मृत्यू भएको थियो । पछिल्लो समयमा पनि रसियन फ्लु, एसियन फ्लु, हङकङ फ्लु, स्वाइन फ्लु जस्तो फ्लुहरुले पनि लाखौं मानिसलाई आफ्नो शिकार बनाएका उदाहरणहरु हाम्रो सामु जिवित नै छ । त्यस्तै सन् २०१४ मा फैलिएको इबोला भइरसले पनि हजारौ मानिसलाई आफ्नो शिकार बनाएको तिता अनुभवहरु पनि हाम्रो सामु छन् । एच आई भि÷एड्स जो नियमित रुपमा उपचार विहिन भएर हामीलाई त्रासको वातावरण सृजना गरिरहेको छ जसलाई यति लामो समय सम्म पनि उपचारको व्यवस्था गर्न सकिएको छैन । मानव ईतिहासको शुरुवात संग विभिन्न रोगहरुले हामीलाई आक्रमण गर्ने र आफ्नो शिकार बनाउने काम गरिरहेको परिप्रेक्षमा हामी आज यो विकशित विश्व परिवेशमा पनि उत्तिकै जोखिममा रहेका छौ जुन हिजो विना साधनस्रोत र अविकशित परिवेशमा थियो । प्रकृतिलाई नै चुनौति दिने हाम्रो विज्ञान आज किन असफलता सावित हुँदैछ । औषधि विज्ञानले किन यो प्रकारका भाइरसको औषधि बनाउन सकिरहेको छैन ? के विज्ञान असफल हो त ? आजको विज्ञान विभिन्न ग्रह उपग्रहका विषयमा अध्ययन गरि विभिन्न तथ्यहरु सार्वजनिक गरिरहेको भए पनि पृथ्वीकै समस्यालाई पत्तालगाउन नसक्नु र समस्या थाहापाई सके पछि पनि त्यसलाई निराकरण गर्नु नसक्नुले विज्ञानले प्रस्तुत गरेका अन्य तथ्यहरु पनि कहि मिथ्या त होइनन् शंका लाग्न लागेको छ । ल कोरोना त भरखरै पत्तालागेको कुरा भो तर एच.आई.भि, एड्स र क्यान्सर जस्ता रोगको उपचार खै त ? कुरा तथ्य परक हुनु पर्दछ तर यसको मतलव सधै तत्यमात्र खोज्ने कि त्यसको वास्तविक अर्थ पनि खोज गर्ने प्रश्न आउँछ ।
अहिले विज्ञानले बनाएका विभिन्न औषधि जन्य पदार्थहरु पनि कहिँ न कहिँ त्यसको साईड इफेक्ट रहेको हुन्छ । यो कुरा औषधि विज्ञले पनि भनेका छन् । विना साइड इफेक्ट किन औषधिले काम गर्न सक्दैन ? सच्चै विज्ञान सफल हो भने किन कुनै पनि उपचारको ग्यारेन्टी गर्न सक्दैन ? किन प्रयोगमा मात्र समय खेरा फालेको हुन्छ ? विज्ञान सामु यस्ता प्रश्नहरु आउन थालेका छन् । कोरोना संन्त्रासका विच विश्वभरीका धेरै राष्ट्रहरु अहिले लक डाउन गरि बसेका छन् भने औद्योगिक रुपमा ख्याती कमायका राष्ट्रहरु पनि सिमित क्षेत्रमा लकडाउन गरि बसिरहेका छन् यो बाध्यता पनि हो किनकि यस रोगको संक्रमण राष्ट्र प्रमुख, युवराज, मन्त्रिहरु, नेताहरु, खेलाडीहरु, कलाकारहरु, बैज्ञानिक, डाक्टर सबैलाई कहि न कहि असर पु¥याएको छ । यो भाईरसका कारण व्यस्त जिवनबाट केहि समयको लागि भए पनि मानिसहरुलाई छुटकार दिन सफल भएको छ, जसको कारण घर परिवार विचको मिलन, पुराना सामाग्रीहरुको संरक्षण, घरको सरसफाई, खेतिपाती लगाएतको काममा व्यस्त बनाएको छ । जसले गर्दा वातावरणमा पनि परिवर्तन आएको छ । उद्योग कलकारखानहरुको सञ्चालनमा कमि आउँदा त्यसबाट उत्पन्न हुने कार्वनमोनो अक्साईड लगाएतका विशालु ग्यासहरु वायु मण्डलमा छरिन पाएका छैन जसले गर्दा ओजन लेएरमा समेत राम्रो प्रभाव परेको कुरा समाचार माध्यमहरुमा आईरहेको छ । हामी हाम्रो वरपरको वातावरणमा पनि त्यसको प्रत्यक्ष प्रभाव देख्न पाउछौं । यसलाई यो महामारीको फाईदाको रुपमा लिन सकिन्छ । हरेक व्यक्ति विचको निश्चित दुरीकायम गर्ने, हात र गला मिलाउनुको साटो नमस्कार जस्तो उच्च आदरार्थी शब्द प्रयोग हुनु, सबैले व्यक्तिगत सरसफाईमा ध्यान पुर्याउनु विभन्न देशहरु विच भइरहका युद्ध, आतंककारीहरुबाट हुने युद्ध, बम बारुदको प्रयोग र एक देश ले अर्को देशलाई गर्ने
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु