कोरोना उपचारमा पिपिईको समस्या

२०७६, २७ चैत्र बिहीबार १२:०३
किरण कौशल पाल्पा, २७ चैत्र, कोरोना संक्रमण रोकथामको अति आवश्यक सुरक्षा सामग्री पर्सनल प्राटेक्टिभ इक्युमेन्ट (पिपिई) को अभावले बिरामीको उपचारमा चुनौती थपिएको छ ।
ज्वरो क्लिनिक, क्वारेन्टाइन र अस्पतालमा शंकास्पद बिरामीको परिक्षणमा संलग्न हुने स्वास्थ्यकर्मीका लागि पिपिई अनिवार्य छ । तर उपचारमा संलग्नहरुको सुरक्षा कवच नै देश भरी अभाव रहेको छ । शंकास्पद कोरोना संक्रमितको उपचारमा रहेका चिकित्सक, स्वाब संकलन, ल्याब, एक्सरे जस्ता थप परिक्षणमा संलग्न व्यक्ति, सरसफाई कर्मचारी, एम्बुलेन्स चालक र सुरक्षार्थ खटिएका व्यक्ति सम्मलाई आवश्यक पर्ने सामग्री नै जिल्ला अभाव देखिएको हो । बजार हाल पिपिई तिन प्रकारका रहेका छन् । डब्लु एच ओबाट मान्यता प्राप्त पिपिईमा स्वास्थ्यकर्मीको शिर देखि पाऊ सम्म छोपिने, फेसमा मास्स, ग्लोब्स, बुट र आँखा छोप्ने विशेष चस्मा सहितको सेट रहेको हुन्छ । कतिपय पिपिई निर्मलिकरण पश्चात पुन प्रयोग गर्न मिल्ने छन् ।
पाल्पामा ७१ थान पिपिई आएको तथ्याङक जिल्ला स्वास्थ्य कार्यालयसंग रहेको छ । लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिशन अस्पताल, पाल्पा अस्पताल, रामपुर अस्पताल, ज्वरो क्लिनिकहरु तिनाउ, मिल्याल र हार्थोक सहित क्वारेन्टाइनहरु जनमार्ग विद्यालय पूर्वखोला सहित अन्य ४ स्थान स्वास्थ्कर्मीहरुलाई आवश्यक देखिन्छ । कोरोना उपचार केन्द्रको रुपमा रहेको लुम्बिनी मेडिकल कलेजमा समेत प्रयाप्त मात्रामा पिपिई रहेको छैन । सरकारी स्तरबाट ५ वटा प्राप्त भएको र कलेजले आफै १५ थान जति पिपिईको व्यवस्थापन गरेको छ । केही प्रयोग भएकाले बिरामीको संख्या बृद्धि भएमा पिपिईको समस्या देखिने अस्पताल निर्देशक डा राजु शाक्यले बताए ।
भारतबाट फर्किएका २१ जनालाई क्वारेन्टाइनमा राखेको जनमार्ग विद्यालयमा एक थान पनि पिपिई छैन । पूर्वखोला गाउँपालिकाले खरिद गर्न बजार नपाएको जिल्ला स्तरीय सयन्त्रको प्राथमिकता अस्पतालहरु परेकाले त्यहाँका स्वास्थ्यकर्मीले जोखिममा रहेका छन् । जिल्ला स्तरीय कोरोना संक्रमण रोकथाम कमाण्ड पोष्टको बैठकले जिल्लालाई आवश्यक पिपिई प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ । स्थानीय तहले २ देखि १० वटासम्म पिपिई खरिद गरेर स्वास्थ्य संस्थामा प्रयोग गरेका छन् । स्थानीय तह र निजी अस्पतालहरुले आफैं खरिद गर्ने खोजेपनि बजारमा पाएका छैनन् । पाल्पा अस्पताल र रामपुर अस्पताललाई प्रदेश सरकारबाट १० थानको दरले पिपिई उपलब्ध भएको छ । पाल्पा अस्पतालमा प्रदेश सरकारका अतिरिक्त अन्य निकायबाट केही थान पिपिई प्राप्त ज्वरो क्लिनिक र आइसोलेसन खटिने स्वास्थकर्मीहरु प्रयोग भएको छ ।
कोरोना संक्रमणका लक्षण देखिएको बिरामीको संख्या बढेर सबै स्वास्थ्यकर्मीहरु खटिने अवस्थामा पिपिई अपुग हुने पाल्पा अस्पतालका निमित्त प्रमुख डा पुष्प ज्ञवालीले बताए । पिपिई अभावले स्वास्थ्यकर्मीहरु जोखिम मात्रै होइन उनिहरुबाट अन्यमा संक्रमण हुने खतरा र उपचारमा आनाकानी गर्ने अवस्था रहन्छ । कोरोना संक्रमणको उपचारमा आधारभूत सामग्री पिपिई भएपनि सरकारी संयन्त्र यसमा संवेदनशिल नभएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु