नयाँ बर्षको पहिलो दिन घरघरमा दीप प्रजवलन गर्न आह्वान

२०७६, २६ चैत्र बुधबार १७:५७

भविन्द्र गौतम, २६ चैत्र, पाल्पा
जरो किलो प्रतिष्ठान नेपालले नयाँ बर्षको पहिलो दिन घरघरमा दीप प्रजवलन गर्न आह्वान गरेको छ । ऐतिहासिक कालमा नेपालबाट प्रारम्भ भई हाल विश्वकै साझा सम्पदाका रुपमा रहेको विक्रम सम्बतको नयाँ वर्ष २०७७ सालको पहिलो दिन अर्थात् २०७७ बैशाख १ गते घरघरमा दिप प्रजवलन गर्न सबै देशबासिलाइ अनुरोध गरेको छ । साँझ ६.०० बजे दीप प्रज्वलन सहित नयाँ वर्षको शुभकामना, महाव्याधि लगायतका समस्याहरुबाट मुक्तिको लागि प्रार्थना र वैश्विक ऐक्यबद्धतामा सहभागी आव्हान गर्दै दीप प्रज्ज्वलनको समयमा घण्ट, शंख, डमरु, डम्फू, ढ्यांग्रो, झ्याली / झुर्मा वा अन्य कुनै परम्परागत बाजा पनि बजाउनुहुन पनि अनुरोध छ । आफ्नो साधना पद्धतिअनुसार मन्त्र जप, भजन / कीर्तन, श्लोक पाठ वा अन्य परम्परागत मंगलमय क्रियाकलाप गर्न जरो कोलो प्रतिस्ठानका सस्थापक डा. निर्मलमणी अधिकारीले अनुरोध गर्नुभयो । २०७७ बैशाख १ गते साँझ ६.२३ बजेसम्म अमृत समय भएकाले उक्त समयभित्रैमा दीप प्रजवलन गर्न डा. अधिकारीले आग्रह गर्नुभयो । जरो किलो प्रतिष्ठान नेपालले नेपालको मौलिक सस्कृती, भाषा, परम्परा सिद्धान्तका बारेमा कार्य गर्दै आएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु