कास्कि पोखरा समाज जापानको कोरोना महामरी बिरुद्ध तथ्याङक संकलन शुरु ।

२०७६, २५ चैत्र मंगलवार १९:३७

जापान । कास्कि पोखरा समाज जापानले जापानमा रहेका नेपाली हरुलाई कोरोना भाईरस बिरुद्ध एकजुट गर्न अनलाईन तथ्याङक (डाटा) संकलन शुरुवात गरेको छ ।

कास्कि पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठका अनुसार कोरोना भाईरस (कोभिड-१९) को शुरुवात भएपछि जापानबासि नेपालीहरुमा कोरोना भाईरसका बारेमा डर र त्रास भएपनि यसका लक्षण पत्ता लगाउन सजिलो नभएको गुनासो आए पछि प्रश्न सहितको अनलाईन फारम बनाई तथ्यांक संकलन शुरु गरिएको जानकारी गराउदै यसले तथ्थाकले कोरोना भाईरस लागेको पत्ता लगाउन मद्दत पुर्याउने छ भने सक्रमणको आशंक गरिएको ब्यक्तिको पहिचानमा पनि सहज हुने बताउनु भयो ।

कोरोना भाईरसले संक्रमण पछि हुन सक्ने लक्षणहरुलाई समेटी अनलाई फारममा प्रश्नहरु बनाई राखिएको हुदा प्रश्नको उत्तर दिदा आफुलाई कोरोना संक्रमण भएको वा नभएको सजिलोसग बुझ्न सकिने भएकाले यस अभियान शुरु गरिएको समाजका महासचिव कमल बास्तोलाले बताउनु भयो ।

कास्की पोखरा समाज जापानका अनुसार संकलन भएका तथ्याङ्कहरु टोकियो स्थित नेपाली दूतबास गैरआवसिय नेपाली संघ सहित जापानको कोरोना भाईरस केन्द्रलाई प्रदान गरिने समाजका प्रवक्ता बिशु भन्डारीले बताउनु भयो ।

समाजले यस अभियानलाई सहयोग गर्न अनुरोध गर्दै सहभागी हुन आब्हान गरेको छ ।

लिङ्कhttps://docs.google.com/forms/d/e/1FAIpQLSffALVWLq2ag6x6OUs-3AZ40kTZ2fUkhT6xBOp0MYzakR5qQw/viewform?fbclid=IwAR3MjMjNpPhSiZx6OqIGtC330byoJmLSkRSgkIw1oO-rDEcuA6CPdhbXRes

 

Comments

ताजा खबर