विपन्न घरपरिवारकाे चुलाे निभ्न दिएन माथागढी गाउपालिकाले

२०७६, २५ चैत्र मंगलवार १८:२३

सन्ताेष गहतराज, २५ चैत्र, पाल्पा
पाल्पाको माथागढी गाउपालिकाले अति विपन्न, एकल महिला तथा दैनिक ज्यालादारी गरि जीवन चलाउने घरपरिवारका लागि दैनिक अति अावश्यक पर्ने खाधान्न वितरण गरेकाे छ ।
गाउँपालिका भित्रका कुल ७०० सय विपन्न घरपरिवार लाई मापदण्ड बनाएर छनाेट गरि राहत वितरण गरेकाे हाे । गाउँपालिकाले काेराेना भाइरसकाे जाेखिमकाे विषम परिस्थितिमा दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने नागरिकहरूलाई सहयाेग पुगाेस भनी राहत वितरण गरेकाे गाउपालिकाका अध्यक्ष सन्ताेष थापा मगरले बताउनु भयाे । गाउपालिका भित्रका कुल विपन्न परिवार सातसय मध्ये पाँच सय नब्बे परिवारलाई मंगलबार राहत स्वरुप खाद्यान्न बाडिएकाे र बाकि एक सय दस जनालाई बुधबार बाढ्ने गाउँपालिकाले जनाएको छ । राहत स्वरूप प्रत्येक घरपरिवारलाई २५ किलाे चामल, २ किलाे दाल, २ लिटर खाने तेल र २ किलाे नुन लगाएतका अत्यावश्यक खाद्यबस्तु वितरण गरेकाे गाउँपालिकाले जनाएकाे छ ।

Comments

ताजा खबर