बेस नेपाल द्वारा पच्चिस स्थानीय तहलाई सहयोग

२०७६, २४ चैत्र सोमबार २२:४५

भबिन्द्र गौतम, २४ चैत्र, पाल्पा
तिन जिल्ला कार्यशेत्र भएको पछौटेपन उन्मूलन समाज (बेस) नेपालले पच्चीस स्थानीय तहलाई सहयोग गर्ने भएको छ । कोरोना माहामारी विरुद्ध स्थानीय तहहरुले चलाएको महाअभियानमा ऐक्यवद्धता जनाउदै आर्थिक सहयोग गर्ने भएको हो । बेस नेपालको सोमबार बसेको आपत्कालीन बैठक बाट पाल्पा, नवलपरासी बर्दघाटसुस्ता पुर्ब र नवलपरासी बर्दघाटसुस्ता पश्चिमका पच्चीस स्थानीय तहहरुलाई प्रति स्थानीय तह दश/दश हजारका दरले सहयोग गर्ने निर्णय गरेको बेसका कार्यकारी निर्देशक शालिकराम पाण्डेले जानकारी दिए । बाल अधिकार, शिक्षा तथा मातृ-शिशु स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बेस नेपालले सम्बन्धित स्थानीय तहहरुको बास्केट फण्डबाट खर्च हुने गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु