नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

कोरोना संक्रमणबाट हामी ९८ % सुरक्षित छौं : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

२०७६, २३ चैत्र आईतवार १२:०३

कोरोनाको बारेमा जनचेतना जगाउँदै आएका डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य बिज्ञ ज्युले नेपालीहरू कोरोना संक्रमणबाट हामी ९८ % सुरक्षित छौं भनि उल्लेख गरेका छन् ।सामाजिक सञ्जाल फेसबूकमा आज आईतवार  सन्देश लेख्दै डा. पाण्डेले कोरोना संक्रमणबाट नेपाल सुरक्षित रहनुमा प्रमुख १७ कारण खुलाएका छन् ।

– चीनले हिंजो सय जना भन्दा बढी व्यक्तिहरुमा कोरोना संक्रमण बिरुद्धको खोप लगाएको छ | उनीहरुको परिणाम हेरेर तुरुन्तै अरबौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ |
– अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ |
– सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरुले खोपको सफलता पाउदैछन् |
– कोरोना संक्रमण निको गर्ने एन्टी भाइरल औषधि बिभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेकाछन् |
– यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिहरुले कोरोना संक्रमणमा उत्साहप्रद रुपमा काम गरिरहेका छन् | यी औषधिबाट लाखौँ व्यक्तिले जीवन पाइरहेका छन् |
– मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा ब्यापक प्रयोग गरिएको छ | यी औषधिको सफलता सोंचेभन्दा राम्रो आएको छ |

– सेकेण्डरी इन्फेक्सन रोक्नको लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभाबकारी काम गरिरहेका छन् |
– बेलायती राजकुमार चार्ल्स ७१ बर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ | यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन | साथै आयुर्बेद, होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ |
– बीबीसीका अनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ बर्षिय पुरुष र उनको ८८ बर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन् |
– भारतले कोरोना संक्रमण २ घन्टामा पत्ता लगाउने किटको आविष्कार गरेर ब्यापक जांच गर्दैछ | त्यो किट सस्तो एबम भरपर्दो मानिएको छ | यो किट पुनाको माइल्याबमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो |

– नेपालमा बिभिन्न अस्पतालमा आइसीयु, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परिक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ | साथै जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ | कारणबश रोग फैलिएमा चीन, भारत लगायतका देशहरु सहयोग गर्न तम्तयार भएका छन् |
– कोरोना संक्रमणबाट बालबालिका तथा युवाबर्ग सुरक्षित भएको हुँदा बच्चाको लागि आमाबुवाहरुले डर मान्नुपर्दैन |
– नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० जना मात्र हुनेछ | त्यो मृत्यु पनि अन्य बिभिन्न रोगको कारण मृत्यु उन्मुख व्यक्तिको मात्र हुनेछ | स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन |

– नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन | बिकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ | मृत्यु दर अत्यन्तै न्यून छ |
– आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने छ |
– इटली लगायतका देशको जुन भयाबह देखाइएको छ, त्यहाँ त्यो स्तरको भयाबह छैन | जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो, अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो | मृत्यु धेरैको भएको छ तर कस्तो जनसंख्याको मृत्यु भएको छ भन्ने बुझ्नु जरुरी छ |
– त्यसैले हल्लाको पछि लागेर आत्तिने नगरौं | आत्तिएर निको हुने होइन | सतर्कताले रोकथाम गर्छ | तसर्थ सतर्क बनौं | अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशाबादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो |
Comments

ताजा खबर