नेपालमा कोरोना भाइरस संक्रमित छैटौं बिरामी फेला ।

२०७६, २० चैत्र बिहीबार १६:५८

पाल्पा , चैत्र २० , कतारको दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिएका हुन् । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा  विकास देवकोटाले जानकारी दिए ।

Comments

ताजा खबर