कोरोना संक्रमण रोकथामका लागी पाल्पाका अस्पतालको तयारी तिब्र

२०७६, १९ चैत्र बुधबार १५:१७

पाल्पा १९, चैत्र
पाल्पा जिल्लाका सरकारी अस्पतालहरुले कोरोना भाइसरको संक्रमण रोकथाम तथा उपचारका लागि आवश्यक तयारी तिब्र बनाएका छन् । पाल्पा जिल्ला अस्पतालले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक उपकरणको बन्दोबस्ती गरेको छ । ज्वरो क्लिनिक संचालन गरेर दैनिक बिरामीको जाँच गरिहरेको अस्पतालले सामाजिक विकास मन्त्रालय प्रदेश सरकारबाट कोरोनाको स्वाब संकलन किटको समेत व्यवस्था गरेको छ । ८ थान स्वाब संकलन किट रहेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेका अनुसार सर्जिकल माक्स ५ सय थान, ग्लोब्स ५ सय थान, पिपिई १० थान, माक्स एन ९५ ५ थान सहित मन्त्रालयबाट ल्याएको र यस अगाडीको स्टक भएकाले सामग्रीहरुको अभाव नभएको बताउनु भयो । अस्तापलले आइसोलेसन वेर्ड, ज्वरो क्लिनिक सहित अन्य व्यवस्थापन र स्थानीय सामग्रीहरु उपयोग गरेर स्वास्थ्यकर्मीहरुको सुरक्षाका सामग्रीहरु समेत निर्माण गरेको छ । रामपुर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ताहुँ, लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पतालले ज्वरो क्लिनिक संचालन गरेर रुघाखोकी र ज्वरोका बिरामीहरु दैनिक परिक्षण गरेका छन् । स्थानीय सरकारले आफ्ना स्वास्थ्य संस्था मार्फत रुघाखोकी र ज्वरोका बिरामीहरु खोजी, उपकरण र औषधीको व्यवस्थापन, विदेशबाट घर फर्किएकाहरुको अवस्था पहिचान, कोराना भाइसरको बारेमा जनचेतना बृद्धि जस्ता गतिविधि निरन्तर गरेका छन् । जिल्ला प्रवेश नाका तिनाउ गाउँपालिकाको दोभान र रिब्दीकोट गाउँपालिका हार्थोकमा राजमार्गका यात्रुहरुलाई लक्षित गरेर ज्वरो क्लिनिक संचालन गरिएको छ । पाल्पामा हाल सम्म ज्वरोका बिरामीहरु देखिएपनि कोरोना संक्रमण लक्षणसंग मिल्ने बिरामीहरु भेटिएको छैन ।

Comments

ताजा खबर