विदेशबाट फर्किएका बसेनन् क्वारेन्टाइनमा ।

२०७६, १८ चैत्र मंगलवार १६:३२

किरण कौशल , पाल्पा, १८ चैत्र , कोरोना भाइरसको संक्रमणबाट जोगिन विदेशबाट घर फर्किएकाहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णय भएपनि पाल्पा लागु भएको छैन । स्थानीय सरकारले विद्यालय र स्वास्थ्य संस्थाहरुमा ३ सय ४६ वेड क्वारेन्टाइन बनाएपनि त्यसको ११ प्रतिशत मात्र प्रयोग भएको छ ।

दुई नगरपालिका र ८ गाउँपालिकामा चैत्र २ देखि भारत सहित २२ देशबाट १२ सय ३१ नेपाली घर फर्किएका छन् । जसमध्ये ३९ जना अर्थात ३.२ प्रतिशत मात्रै क्वारेन्टाइनमा बसेको तथ्याङक छ । कोरोना भाइरसको संक्रमण भारत भन्दा अन्य देशबाट भित्रिएका नेपालीहरुमा देखापरेपनि क्वारेन्टाइनमा भने भारतबाट फर्किएका मात्रै बसेका छन् । ९ गते पछि फर्किएका एक हजार ८१ जना भारतबाट फर्किएका थिए । चैत्र २ देखि ८ गते भित्र जिल्लामा ५६ जना दुवई, २० जना कतार, २० जना मलेसिया, ११ जना क्म्बोडिया र ८ जना कुवेत सहित २१ देशबाट एक सय ५० जना तेस्रो मुलकबाट भित्रिएका छन् तर उनिहरु क्वारेन्टाइनमा बसेका छैनन् । उनिहरु सरकारी क्वारेन्टाइन नबसेपनि घरमै क्वारेन्टाइनमा बसे वा नबसेको भन्ने खुलेको छैन ।

विदेशबाट घर फर्किएपछि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएपनि अटेरी गरेकाले उनिहरुबाट कोरोना भाइरसको संक्रमण बढ्ने खतरा रहेको छ । ज्वरो र रुघाखोकी लागेका बिरामीहरुको ज्वरो क्लिनिक संचालन गरेर परिक्षण गरिएको छ । स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्रीहरुको अभावमा सबै स्वास्थ्य संस्थाबाट ज्वरो मापन तथा परामर्श सेवा प्रदान गर्ने कठिन भएको स्वास्थ्यकर्मीहरुले भनाइ छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु