कोरना विषेश अस्पतालमा भर्ना भएका एक युवकको मृत्यु

२०७६, १६ चैत्र आईतवार २०:३७

बुटवल, १६ चैत । सम्भाबित कोरोना भाइरसका बिरामी लाई उपचार गर्न बुटवलको धागो कारखानामा निर्माण गरिएको कोरना विषेश अस्पतालमा एक युवकको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना बस्ने ३३ वर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । पाल्पा रिब्दीकोट स्थायी घर भई हाल सैनामैना बस्ने युवा चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका थिए । अर्कोदिन उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना पुगेका थिए । ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । ती युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छैन उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाएको र सोमबारसम्म रिपोर्ट आउन सक्ने अस्पतालले जनाएको ।

Comments

ताजा खबर