कोरोना संक्रमण रोक्न क्लोराइन पानी छरियो

२०७६, १५ चैत्र शनिबार २२:४१
चैत १५, स्याङ्जा, भविन्द्र गौतम
        नेपाल लकडाउन भएको ५ औ दिन पुतलीबजार नगरपलिकाले स्याङ्जा बजार क्षेत्रमा chlorine water (औषधि मिसाइएको पानी) छर्केको छ । बजार क्षेत्रमा सम्भाबित कोरोना संक्रमण रोकथामका लागी क्लोराइन पानी छरिएको हो । नगरबासीमा संक्रमण हुन नदिन पुर्ब तयारी सहित नगरको स्याङ्जा बजार, प्रगतिनगर लगाएत बजार क्षेत्रमा औषधि मिसाइएको पानी छरेको नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताउनुभयो । सम्भाबित संक्रमण को आसन्कामा नगरपालिकाको वार्ड एकको त्रिभुवन आदर्श क्याम्पसको क्वारेन्टाइन रहेका ९ जना को अवस्थाअबस्था राम्रो रहेको छ । कोरोना संक्रमणको सुरक्षा सतर्कताका लागी जिल्ला प्रहरी कार्यलय स्याङ्जा लाइ एप्रोन सेट पाच वटा, मास्क पचास वटा र बिद्युत कार्यलय स्याङ्जा लाइ पचास वटा मास्क हस्तान्तरण गरेका नगरपालिकाले जनाएको छ । स्याङ्जा जिल्लामा अहिले सम्म कुनै समस्या नरहेको भन्दै सम्पूर्ण नगरबासिमा नआत्तिन र नगर सरकारको अनुरोध लाई मानेर सबैलाई होम क्वारेन्टाइनमा बसिदिन आग्रह गरेको छ । कुनै समस्या परेमा जनप्रतिनिधि मार्फत सामाधान गरिने नगरपालिकाले जनाएको छ ।

 

Chat Conversation End
Comments

ताजा खबर