बाग्लुङ समाज जापानको अधिबेशन स्थगित ।

२०७६, १४ चैत्र शुक्रबार २०:५३

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)को कारणले बाग्लुङ समाज जापानले तय गरेको अधिबेशन लगायतका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको छ ।

 

समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठ र सचिब राजु केसिको संयुक्त हस्ताक्षरित एक बिज्ञप्तीबाट समाजले चैते दसैंको अवसरमा गर्न लागेको मनोरन्जनात्मक कार्यक्रम तथा तेश्रो अधिबेशन स्थगित गरिएको जानकारी गराईएको छ ।

साथै कोरोना भाईरसले अहिले विश्वभरी नै ठुलो जनधनको क्षति पुर्‍याईरहेको हुँदा आम जनसमुदायमा उच्च सतर्कता अपनाउन पनी बिज्ञप्तीद्वारा अपिल गरिएको छ ।  

मे ५ तारिख जापानमै पहिलो पटक दोहोरी गीत प्रतियोगिता ,ख्याती प्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती सहित अधिबेशन गर्ने तरारी समाजले गरेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु