युरोपियन नागरिकलाई लिएर उड्यो कतार एयरलाइन्स

२०७६, १४ चैत्र शुक्रबार १३:४३

काठमाडौं । कोरोनाको क्रमणसँगै लकडाउन भएपछि  नेपालमा अलपत्र परेका युरोपियन नागरिकलाई लिएर कतार एयरलाइन्सको विमान उडेको छ । लकडाउनका कारण नेपालमा फँसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिएर कतार एयरलाइन्सको विमान उडेको हो ।  

शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमान  ३०५ जना पर्यटक लिएर फर्किएको  छ । जर्मन तथा फ्रेन्ज दूतावासले आफ्ना नागरिकहरुलाई उद्धार गरी लैजान विमान चार्टड गरेका हुन् ।

दुई दूतावासको पहलमा युरोपियन यूनियनले चार्टड गरेको विमान शुक्रबार हिन १०:१५  मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । बिहान सवा १० बजे अवतरण गर्ने विमानमा उताबाट कुनै यात्रु ल्याइएको थिएन । यताबाट यहाँ फसेका यात्रुहरुलाई बोकेर विमान कतारको दोहा पुग्नेछ ।

Comments

ताजा खबर