माननीय बिस्नु प्रसाद लामिछाने द्वारा बिज्ञप्ती जारी , उच्च मनोबलका साथ धैर्य गर्नुको विकल्प छैन ।

२०७६, १४ चैत्र शुक्रबार १०:४४

नवलपुर , गोबिन्द लामिछाने , चैत १४ , कोरोनाको संक्रमणका जटिल परीस्थितिमा आफू जतिसुकै बेला सहयोगका लागि माननीय बिस्नु प्रसाद लामिछाने ज्यु तयारी अवस्थामा रहेको बताउदै बिज्ञप्ती जारी गर्नु भएकोछ ।

बिज्ञप्तीमा भनिएकोछ आदरणीय आमाबुबा दाजुभाइ दिदीबहिनीहरु यतिबेला कोरोना भाइरसको कारण बिश्व आक्रान्त बनेको छ । यसबाट हाम्रो मुलुक पनि अछुतो रहेन। मुलुक अहिले लकडाउनमा छ ।यो हाम्रो लागि बाद्ध्यात्मिक परिस्थिति हो । हामी सङ्ग लकडाउनलाइ पुर्ण पालाना गर्ने र उच्च मनोबलका साथ धैर्य गर्नुको विकल्प छैन । राज्यले आफ्नो काम गरिरहेको छ ,तर पनि पर्याप्त ब्यबस्थापन हुन सकेको छैन । यस्तो अवस्थामा कसैले कसैलाई दोष दिएर बस्नु , कसैको आलोचना गर्नु भन्दा पनि सम्पुर्ण नेपाली एक ढिक्का भएर यो महामारी संग जुध्ने शक्ति जुटाउनु परेको छ ।यस महामारी बाट बच्न सबैको आ आफ्नो जिम्मेवारी छन ।ती सबै जिम्मेवारी सबैले इमानदारी पुर्बक पालना गर्नुपर्दछ । यस परिस्थितिले मुलुकमा विषम अवस्था उत्पन्न गरेको छ ।एकातिर यो महामारीको प्रकोप बाट जोगिनु छ भने,अर्कोतिर मुलुकको उद्योग धन्दा ,कलकारखाना ,ब्यापार ब्यबसाय ठप्प छ ।अझ दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरुको लागि झन यसले ठूलो मर्का पारेको छ । यसको लागि राज्यले बेलैमा सोच्नु पर्दछ । थप मानवीय क्षेती नहोस् भन्नको लागि उपचारमा खटिने सबै स्वास्थ्यकर्मी ,एम्बुलेन्स चालक , सुरक्षामा खटिने सुरक्षाकर्मी , लगायत यस संग संबंधित सबैको उच्च मनोबल कायम हुने बाताबरण बनाउदै लकडाउन , अस्पताल र आइसोलेसन लाई थप ब्यबस्थापन गर्नु जरुरी छ । यस बिसम परिस्थितिमा जिल्लाबासी सम्पुर्ण आमाबुबा ,दाजुभाइ दिदीबहिनीहरुमा उच्च मनोबलका साथ धैर्य गर्न , लकडाउनको पुर्ण पालना गरी घरबाट बाहिर ननिस्कन , मास्क र सेनिटाइजरको उचित प्रयोग गर्न हार्दिक अपिल गर्दछु । जन प्रतिनिधि सबै जनताको प्रतिनिधि भएकोले जनताको सुख र दुखमा सधैं यहाहरुको साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्दै महामारीको रोकथामको लागि जिल्ला र स्थानीय स्तरबाट प्रयास भइरहेको र अझ थप ब्यबस्थापनको लागि स्थानीय प्रशासन र स्थानीय सरकार संग हार्दिक अपिल गर्दछु । कहिँ कतै केही भए स्थानीय प्रशासन ,स्थानीय जन प्रतिनिधि ,सिधै मेरो यो ९८५७०४५९४२ मोबाइलमा र स्थानीय पार्टीका नेताहरु संग सम्पर्क गर्नु हुन समेत सबैमा हार्दिक अपिल गर्दै आवश्यक सहयोगको लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।

बिष्णु प्रसाद लामिछाने
सभापति
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपुर एबं प्रदेश सभा सदस्य ( नवलपुर २क) गण्डकी प्रदेश 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु