पाल्पाका सबै स्थानीय तहहरुमा क्वारेन्टाइन स्थल निर्माण ।

२०७६, १२ चैत्र बुधबार १४:०८

पाल्पा, १२ चैत्र । पाल्पाका सबै स्थानीय तहहरुमा क्वारेन्टाइन स्थल निर्माणको तयारी थालिएका छन् । राजनीतिक दल, सभासद, स्थानीय तहका प्रमुख, सुरक्षा निकाय र अस्पतालका प्रमुखहरुको बैठकले विद्यालय तथा अन्य सार्वजनिक भवनहरुमा क्वारेन्टाइन बनाउने सहमति भएसंग धमाधम निर्माणको थालेका छन् । तानसेन नगरपालिकाले वडा नं. ६ मा रहेको बर्तुङको जनप्रिय माध्यमिक विद्यालयमा ५० वेडको क्वारेन्टाइन सञ्चालन गरेको छ । खानाको व्यवस्था, स्वास्थ्यकर्मीको निगरानी सहित सम्पूर्ण सुविधा रहेको क्वारेन्टाइन शुरु गरेको तानसेन नगरपालिका नगरप्रमुख अशोक कुमार शाहीले बताउनु भयो ।

जिल्ला अस्पताल, युनाटेड मिसन अस्पताल, लुम्बिनी मेडिकलबाट सिफारिस भएका शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा राखिने छ । संक्रमण रोकथाम निर्मलीकरण गरेपश्चात बिरामीहरु राखिनेछ । रम्भा गाउँपालिकाले ताहुँको रम्भा माविमा ३५ वेडको क्वारेन्टाइन बनाएको छ । गाउँपालिकाले स्वास्थ्य संस्था लाइ चाहिने माक्स, सेनिटाइजनर, ग्लोपस्, एप्रोन र औषधीहरुको प्रयाप्त मात्रमा राखेको छ । रामपुर नगरपालिकाले २० वेडको क्वारेन्टाइन निर्माण गर्न तयारी गरेको छ । नगरपालिकाले रामपुर ५ सानीअमराईको बालकल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाइन राख्ने जनाएको छ । 

बाहिरी जिल्लाबाट मानिसहरु आउने क्रम बढेपछि आएकाहरुलाई स्वास्थ्य परिक्षण र तथ्याङक संकलन गर्न थालिएको छ । कति व्यक्ति र कुन देश र जिल्ला, कस्तो स्वास्थ्य अवस्था भएको मानिस भन्ने तथ्याङक लिएपछि त्यही आधारमा रोकथामका उपायहरु अलम्बन गर्ने सकिने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुमति विना चलेका सवारीहरुलाई नियन्त्रणमा लिएर कारवाही थालेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु