कोरोना विषेश क्वारेन्टाइन अस्पताल भरतपुरमा एक युवकको मृत्यु रिपोर्ट आउन बाँकी

२०७६, ११ चैत्र मंगलवार १२:५४
COVID-19 Lockdown Nepal
गोविन्द लामिछाने चितवन :
भरतपुरस्थित कोरोना विषेश अस्पतालमा एक युवकको मंगलबार मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीबाट ग्रसित वीरगञ्जका ३० वर्षीय युवकको मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए । केही दिनअघि उनी उपचारको लागि चितवन मेडिकल कलेज आएका थिए ।
चितवन मेडिकल कलेजले उनलाई कोरोना विषेश अस्पतालमा रेफर गरेको थियो । उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । तर, उनलाई कोरोना संक्रमण भए–नभएको रिपोर्ट आउन भने बाँकी भएको एसपी गुरुङले बताए ।
Comments

ताजा खबर