सनुप पौडेलको प्रेम उत्सव गीतमा बेलायतका संचारकर्मी जगन कार्की र उर्मिला थापा

२०७६, २८ फाल्गुन बुधबार १८:२२

जापान टोक्यो । बिवाह बर्षगांठमा बैवाहिक जोड़ीलाई मध्यनजर गर्दै गायक सनुप पौडेलको स्वरमा एक प्रेम उत्सव गीत सार्वजनिक भएको छ । युवा संगीतकार शिखर संतोसको संगीत रहेको गीत बेलायतमा छायाँकन गरिएको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन राजदिप राईले गरेका हुन् ।

बेलायतमा स्थापित प्रोडक्सन ३ द्वारा तयार गरिएको भिडियोको प्राविधिक संयोजन एजर श्रेष्ठले गरेका हुन् ।“ म्यारिज एनिभर्सरिलाई नै मध्यनज़र गरेर बनेको गीत शायद यो नै पहिलो हुनु पर्छ, उपलब्ध स्रोत र साधनको प्रयोगबाट बनेको यो एक उत्कृष्ट कृती रहेको श्रेस्ठको जिकिर छ।
 Jagan-Karki.
बेलायतकै सेरोफेरोमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोमा गीतकार जगन कार्की र उर्मिला थापा ‘सन्तु’ को अभिनय हेर्न पाइनेछ । बैवाहिक बर्ष गांठमा सुन्न, नाच्न मिल्ने नेपाली गीत नभेटिएकोले आफुले सबैको एनिभर्सरी तथा भयालेंटायन तथा प्रेमीहरूको मिलनको उत्सवमा सुन्न ,बजाउन र नाच्न मिल्ने गरी गीत लेख्ने जमर्को गरेको रचनाकार एवं संचारकर्मी जगन कार्कीले बताए ।

गीतको भिंडियो जस्ताको तस्तै तल लिंकमा हेर्नुहोला

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु