स्टेज कार्यक्रममा उचाई छुदै पाल्पाली हास्यकलाकार सुमित कुमार घिमिरे

२०७६, २६ फाल्गुन सोमबार ०७:४१

सन्तोष गहतराज-पाल्पा,
पाल्पाको पछिल्लो समयमा स्टेज विभिन्न कार्यक्रमहरुमा १०० भन्दा बढी आवाज निकाल्दै विशेष गरी पाल्पाली धुर्मुस भनेर चिनिने नाम हो सुमित कुमार घिमिरे । वि स २०५८ साल चत्रै ११( चैते दशैको) दिन तानसेनमा आमा सुमित्रा देवी कार्की क्षेत्री र पिता नेत्र प्रसाद घिमिरेका जेठा छोरा रहेका घिमिरेको एउटा बहिनी सुजिता घिमिरे रहेकी छन । चार बर्ष देखी हास्य तथा व्याङ्गय क्षेत्रमा लागेका हास्यकलाकार घिमिरे आजकाल हास्य टेलिश्रीखला जे हालो होलामा अभिनय गर्दै आएका छन । जुन कार्यक्रम हरेक विहिबार रमाइलो टेलिभिजनमा ८ः३० मा आउने गर्दछ ।

सानै देखी चन्चले स्वाभावका घिमिरेले कक्षा १० सम्म होराइजन बोङ्गिग स्कुलमा पढेर अहिले पाल्पाको त्रिभुवन बहुमुखी क्यापसमा व्यस्थापन संकायको पहिलो बर्षमा अध्यनन गर्दै छन । अहिले उनले १०० भन्दा धेरै नेता,कलाकार,पशु तथा चराचरुङगीहरुको आवाज निकाल्छन । विशेष गरी कागलाई बोलाउन सक्ने क्षमता पनि घिमिरेमा रहेको छ । इन्डियन काटुन मोटु पतलु जुन साना साना भाइबहिनीहरुले रुचाउने गर्दछन सो टिमको पनि आवाज निकाल्छन त्यसैले उनि केटाकेटीहरुले पछिल्लो समयमा रुचाउने कलाकारको रुपमा पनि परिचित रहेका छन । पाल्पाली हास्य व्यागयकलाकार किरण चित्रकार,चर्चित हास्यकलाकार उत्तम केसी जस्ता कलाकारहरुको प्रेरणाले यो क्षेत्रमा लागेको बताए । पछिल्लो समयमा विभिन्न नेता तथा कलाकारहरुको आवाज निकादै अगाडी बढेकोले उनलाई स्टेज कार्यक्रमहरुमा देख्न सकिन्छ । हास्यव्याङ्गय कला देखाउने घिमिरेले १०० भन्दा धेरै स्टेज कार्यक्रममा चढि सकेको बताउने घिमिरेले पछिल्लो समयमा इन्डियाको राजस्थानमा समेत पुगेर प्रस्तुती दिई सकेका छन । स्टेजका कार्यक्रमहरुमा जादा सबै भन्दा धेरै दर्शकहरु देख्दा र आफुले हसाउदा दर्शकहरु पेट मिचि मिचि हासेको देख्दा खुशी हुने घिमिरेले भविष्यमा आफनै नामको कमेडी सो होस्ट गर्ने तथा समाजमा रहेका विकृति र विसङगतीको विरुद्ध हास्य व्याङ्गगले मार्फत आवाज उठाउने र सामाजीक कामहरु गर्दै जाने इच्छा रहेको बताए । पाल्पा तथा अन्य ठाउँहरुमा एक पटक अभिनय देखे पछि अर्को पटक पनि पन खोजी खोजी बोलाउने गरेको बताए । उनले कलाकारीताको साथ साथै खेलकुदमा पनि रुचि रहेको बताउदै क्रिकेट तथा व्याडमिन्टन पनि खेल्ने गरेको बताउए । १७ बर्ष भन्दा कम उमेरका खेलाडीहरुको बीचमा भएको भएको टप २० रनिङ्गशिल व्याडमिन्टन पाल्पा जिल्लालाइ प्रतिनिधित्व गदै टप २० भएका थिए । हास्य व्याङ्गगले मार्फत पाल्पामा पछिल्लो समयमा सुमित कुमार घिमिरेले स्टेज कार्यक्रमका स्टेज तताउदै आएका छन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु