दमक, पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ ।
चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चौक र बजारमा भक्काको व्यापारफस्टाएको हो । विशेषगरी पूर्वका आदिवासीको मौलिक परिकार रूपमा परिचित ‘भक्का’ को स्वाद सर्वसाधारणले रुचाएपछि यसकोव्यापार फस्टाएको छ ।

विशेषगरी झापाको दमकदेखि जिल्लाको दक्षिणी क्षेत्रका गौरादह, ग्वालडुब्बा, गौरीगंज, दामुनाकालगायत ‘भक्का’ को स्वादसर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको हो । राजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको पिठोबाट बनाउनेभक्का पछिल्लो समय तराईका जिल्ला हुँदै इलाम, पाँचथरलगायतका पहाडी जिल्लामा समेत बनाइने गरिन्छ
राजवंशी समुदायले घरघरमा खाजाको रूपमा चामलको पिठोबाट बनाउने भक्का पछिल्लो समय तराईका जिल्ला हुँदै इलाम, पाँचथरलगायत पहाडी जिल्लामा समेत बनाइने गरिन्छ । सडकका किनारामा बनाइने भक्काका लागि छुट्टै भाडा तिर्नु नपार्दा व्यापारीकोरकमसमेत बच्ने गरेको छ । बिहान बेलुका खाजाका रूपमा खाइने भक्काको व्यापारबाट घरखर्च तथा नानी पढाउन समेत सहयोग पुग्नेगरेको दमककी कन्चला राजवंशीको भनाइ छ । “भक्का बेचेको आम्दानीले नै पाँच जनाको परिवारको गुजारा चलेको छ”, उहाँलेभन्नुभयो, “भक्का बेचेर दैनिक एक हजारभन्दा बढी आम्दानी हुने गरेको छ ।”
जाडो मौसममा मात्र बनाइने भक्काको मौसमी व्यापार हुने गरेको छ । पहाडी जिल्लाका गाउँमा ऐले पनि भक्का बनाउने र खानेचलन छैन । तर शहर बजारका गल्ली तथा चोकमा भक्काको व्यापार फस्टाउने गरेको छ । जाडो मौसममा चोक तथा गल्लीमा बसेरभक्का बनाउँदा शरीरलाई न्यानोसमेत हुने र केही रकम पनि बच्ने भएपछि महिलाहरू भक्का बेचेर नै गुजारा चलाउने गरेका छन् । भक्काबालबालिका, युवायुवती र वृद्धवृद्धा सबैले रुचाएर खाने गरेका छन् ।