नेकपा सचिवालय सर्‍यो, आइतबार बस्ने

२०७७, १७ आश्विन शनिबार ०७:१५
फाईल फोटो

काठमाडौं , असोज  १७ ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बस्ने भनिएको सचिवालय बैठक सरेको छ । सचिवालय बैठक आइतबार बस्नेगरी सरेको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतका विषयमा छलफल गर्नका निम्ति शनिबार सचिवालय बैठक बोलाइएको थियो । तर, शनिबार बस्ने भनिएको बैठक आइतबारका लागि सारिएको हो । 

आइतबार बस्ने बैठकमा सरकारले गत बिहीबार गरेको मुख्यसचिव तथा राजदूत लगायत महत्त्वपूर्ण नियुक्तिका विषयमा कुरा उठाइने नेकपा स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्ले बिहीबार मुख्यसचिवसहित बेलायत र अमेरिकाको राजदूत नियुक्त गरेपछि पार्टीसँग परामर्श नगरेको भन्दै नेकपा सचिवालयका नेताहरूले असन्तुष्टि जनाएका छन् । यसअघि गत असोज ४ र ६ गते सचिवालय बैठक बसेको थियो । 

यसबीचमा दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनर्गठन गर्नका निम्ति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भए पनि सहमति भने हुन सकेको छैन ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु