चितवन समाज जापनको आयोजनामा जापानका सक्रिय संघ सस्थाहरु बिच अन्तकिर्या कार्यक्रम सम्पन्न । भिडियो फिचर ।

२०७६, १२ फाल्गुन सोमबार ०४:५२

जापान , विश्वास आचार्य । NRNA जापानको सहयोगमा पत्रकार महासंघ जापान शाखाको संयोजकमा आयोजित ” जापान स्थित क्रयाशिल सबै नेपाली संघ सस्थाहरुको नेतृत्व र दावित्व “ भूमिका बिषयक छलफल अन्तकिर्या तथा चिया पान कार्यक्रम चितवन समाज जापानको आयोजनामा जापनको टोकियोमा सम्पन्न भएकोछ ।  

कार्यक्रम चितवन समाजका अध्यक्ष राजन कुमार श्रेष्ठ को सभापतित्तो सम्पन्न कार्यक्रमको सन्चालन पत्रकार राजन गौतमले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लाई समाजका बरिस्ठ उपाध्यक्ष अर्जुन अधीकारी ले स्वागत मन्तब्बे बाट स्वागत गर्नुभयो । कार्यक्रममा जापान मनि एक्पेरेसका अध्यक्ष ओम गुरुङ , पत्रकार महासंघ जापानका अध्यक्ष मोहोन घले , NRNA जापानका अध्यक्ष देबिलाल भण्डारी , गुल्मी समाज जापानका अध्यक्ष शालिकराम भण्डारी , प्रबासी नेपाली एकता मंचका अध्यक्ष हबल चन्द्र लामा चितवन समाजका सल्लाहाकार भूषण घिमिरे जापान स्थित क्रयाशिल सबै नेपाली संघ सस्थाहरुको नेतृत्व र दावित्व “ भूमिका बिषयक कुरामा आफ्नो बिचार हरु राख्नुभयो । उपस्थित सबै अध्यक्ष तथा प्रतिनिधि हरुबाट सुझाब लिदै आयोजक सस्था चितवन समाज जापानका अध्यक्ष राजन कुमार श्रेष्ठ ji ले उपस्थित सबैलाई धन्यवाद बेक्तगर्दै आगामी दिनमा सबैको सहयोग र सहकार्यमा अधी बढ्ने बताउनुभयो ।  

Comments

ताजा खबर