गाईघाट, यसपटक उदयपुर जिल्लामा पर्याप्त मात्रमा सयपत्री फूलहरु फुलेका छन् । विगतका वर्षमा भन्दा यस पटक सयपत्री फूलहरु पर्याप्तमा फुलेको कारण तिहारमा फूलको कुनै कमी नहुने स्थानीयबासीले जनाएका छन् । जिल्लाको त्रियुगा नगरपालिकाको गाइघाट सहित राजाबास बोक्से, श्रीपुर,बगाहा,जोगिदह तथा चौदण्डी नगरपालिकाको बेल्टार बसाहार,कटारी नगरपालिकाको कटारी बजार,त्रिबेणी हरैया सहितका क्षेत्रहरुमा पर्याप्त मात्रमा सयपत्री फूल फुलेका बताइएको छ ।
