पाल्पा । नेपालमा एकै दिन कोरोना संक्रमणका बिरामी धेरै संख्यामा थपिएका छन । मंगलबार २८८ जना कोरोना संक्रमित थपिएका हुन । यो सँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको जानकारी दिएका हुन् ।