नवलपुर र नवलपरासी समाजले शोकाकुल परिवार प्रती समबेदना , मृतको अन्त्येष्टिको लागि सहयोगको अपिल

२०७६, २५ पुष शुक्रबार १६:१३

जापान, जनवरी , १० । नेपालको नवलपरासी स्थित गैँडाकोट ६ घर भएका जापानको साईतामा केनमा बसोबास गर्ने सुरज कंडेलको हिज निधन भएको छ ।

४ बर्ष अघी कुक भिषामा जापान आएका मृत सिन्जुकुमा काम गर्दै आएका थिए । बुधबार काम बिदामा रहेका उनी बुधबार पनि काममा नआए पछि फोन सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि साथी कोठामा जादा कोठाभित्र मृत अबस्थामा फेल परेको थियो । प्रहरीको रिपोर्ट अनुसार के कारणले मृत्‍यु भयो भन्ने खुलाएको छैन ।  तर पनि कडेलले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

नवलपुर समाज जापान र नवलपरासी समाज जापानले शोकाकुल परिवार प्रती यस दु:ख घडीमा धैरे धरण् शक्ती मिलोस ,मृत आत्मको चिर शान्तीको कामना  सहित समबेदना प्रकट गर्दै निजको अन्त्येष्टि जापान मैं गर्नु पर्ने भयको हुदा सक्दो आर्थिक सहयोग गरीदिनु हुन नवलपुर समाज जापान र नवलपरासी समाज जापान हार्दिक अपील गर्दछौ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु