जापानको सेन्दाईमा मृत्यु भएका थापाको शवलाई नेपाल पठाईने तयारी पुरा ।

२०७६, २४ पुष बिहीबार ०९:१८

टोकियो ।  जापानको सेन्दाई शहरमा हृदयघातका कारण मृत्यु भएका पोखराका २७ बर्षिय बिकल थापाको शवलाई नेपाल पठाईने तयारी पुरा भएको छ ।

पोखरामा रहेको परिवारले मृतक थापाको शवलाई नेपाल ल्याईदिन अनुरोध गरेपछि कास्कि पोखरा समाज जापानले सहयोग सकंलन गरेको थियो । समाजले दिएको जानकारी अनुसार सेन्दाईबासी नेपालीहरु सहित जापानमा क्रियाशील संघ सस्था एंव जापानबासी नेपालीहरु , एनआरएन जापानगरी २३ लाख ६५ हजार ४ सय २४ जापानीज एन संकलन भएको कास्कि पोखरा समाज जापानका अध्यक्ष बिकास श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठले  थापाको शवलाई जनवरी १२ तारिख जापानबाट नेपाल पठाईने तयारी रहेको बताउदै, दुखको समयमा सहयोग गर्ने सबैलाई आभार ब्यक्त गर्नु भयो ।

बिगत ७ बर्ष देखि जापानको पूर्वउत्तरी शहर सेन्दाईमा श्रीमती र छोरासगै बस्दै आएका थापाको ह्रदयघात भई मृत्यु भएको थियो।नेपालमा रहेको परिवारले मृतक थापाको शवलाई नेपालमा नै लैजान चाहेको भन्दै कास्कि पोखरा समाज जापानले सहयोगको लागि सबैमा अपिल गरेको थियो । थापाको शवसगै थापाका श्रीमती र छोरा पनिसगै नेपाल जाने भएको कास्कि पोखरा समाजका महासचिव कमल बास्तोलले जानकारी दिनुभयो । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु