भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।

उनले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई हराएको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिनुभयो । यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा नेपालका सोनिम मानन्धरले २४ दशमलव ९६ अंक प्राप्त गर्दै स्वर्ण जितेका छन् । उनले भारतीय खेलाडी सायक कमाकरलाई हराएका हुन् ।
यस्तै महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५ दशमलव ३१ अंकका साथ रजत पदक प्राप्त गरिन् । पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन् । अरु विभिन्न प्रतिस्पर्धामा नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गरेका छन् ।