‘सम्भवत : सम्माननीय अदालतले आज मलाई प्रारम्भिक न्याय दिनेछ’- रवि लामिछाने

२०७६, ८ भाद्र आईतवार ०४:२३

काठमाडौँ । शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तुतकर्ता रवि लामिछानेले आफुले प्रहरीको अनुसन्धानलाई सघाई रहेको बताएका छन् ।

दोस्रो पटक म्याद थपको आज अन्तिम दिन आफ्नी पत्नीको फेसबुकमार्फत रविले प्रहरीको अनुसन्धानलाई सघाइरहेको र पूर्ण रुपमा सघाउने बताउदै न्याय नमरेको बताएका छन् ।

रविले भनेका छन्, ‘प्रहरीको अनुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै मरेको छैन । सम्भवत : सम्माननीय अदालतले आज  (आईतबार ) मलाई प्रारम्भिक न्याय दिनेछ । यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।’

रवि लामिछानेसहित तीन जनालाई गत मंगलबार चितवन जिल्ला अदालतले आजसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले आइतबार तिनै जनालाई आज आइतबार अदालत लैजाने छ ।

Comments

ताजा खबर