जेएमईले आईतवार छैटौं शाखा टोकियोको शिनओकुबोमा औपचारिक शुभारम्भ गर्‍यो ।

२०७६, ३० मंसिर सोमबार ०९:११

जापान । टोकियो जापान सरकारको सम्बन्धित निकायमा बिधिबत रुपले दर्ता भइ नेपालीको लगानीमा संचालित पहिले रेमिट्यॉन्स कम्पनी जापान मनि एक्सप्रेसले टोकियोको शिनओकुबोमा नयॉ शाखा बिस्तार गरेको छ । 

टोकियोमा नेपालीहरुको मुख्य ब्यापारीक केन्द्र रहेको शिनओकुबो क्षेत्रमा नै कार्यालय रहेको जेएमईले आईतवार छैटौं शाखाको औपचारिक शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल,एनआरएनए आइसीसी निवर्तमान अध्यक्ष भवन भट्ट,आइसीसी सदस्य डीपी कंडेल,नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली,नेकपा जापानका नेताद्वय हवलचन्द्र लामा,बाबुराम भण्डारी,जनसम्पर्क समितिका नेता रोशन केसी,एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन लगायतलेहरुले रिवन काटेर उदघाटन गर्नु भएको थियो । 

शुभारम्भ कार्यक्रममा जेएमईले जापानवाट नेपाल लगायतका बिभिन्न १२ वाट मुलुकहरुमा समेत रेमिट्यान्स् कारोवार गरिरहेको जेएमईका अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो । गुरुङले जापानमा नेपालीहरु सहित बिदेशीहरुको संख्या बढेसगै जेएमईले सेवा बिस्तार, फुकुओका,नागोया,चिवा लगाएत शहरवाट पनि कारोवार गर्न सकिने बताउनु भयो । जापान मनि एक्सप्रेस कम्पनी लिमिटेडले बिगत २०१० देखि नेपाल लगाएत संसारको बिभिन्न मुलुकमा बिप्रेषण सेवा उपलब्ध गराउदै आइरहेको छ । रेमिट्यान्स् कारोवारमा  सरल, सुलभ र बिस्वस्नीयता स्थापित गरि सकेको जेएमईले सन्सारका ग्लोबल ब्रान्डहरु संग सहकार्य गर्दै निकट भविष्यमा २० वटा देशमा सेवा विस्तार गर्ने उद्देश्य राखेको छ । जेएमईको अहिलेसम्म नेपाल,भारत,पाकिस्तान, बंगलादेश,फिलिपिन्स,भियतनाम,श्रीलका लगायत २० देशमा सेवा प्रवाह हुँदै आएको जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु