सामाजिक सञ्जालमा पत्रकार लाई धम्किपुर्ण अभिव्यक्ति दिएको प्रति महासंघको ध्याकर्षण ।

२०७६, १६ मंसिर सोमबार १०:२९

जापान । समाजिक सञ्जालमा पत्रकारलाई गालि गलौज र धम्किपुर्ण अभिव्यक्ति अभिव्यक्ति दिएको प्रति प्रत्रकार महासंघ जापान शाखाले विरोध जनाएको छ ।

महासंघ जापान शाखाले आज एक विज्ञप्ती प्रकाशित गरि पछिल्लो समय विभिन्न विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा पत्रकारलाई गालि गलौज र धम्किपुर्ण अभिव्यक्ति दिएको प्रति ध्याकर्षण भएको जनाएको हो ।

हालै जापानमा सम्पन्न सुर्य अर्वाडका विषयलाई लिएर विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारका विषयलाई लिएर जोन छन्त्याल नामक फेसबुक एकाउन्टबाट महासंघका सचिव शन्त पहरी र सदस्य दिपक गौतमलाई गालि गलौजका साथै धम्किपुर्ण भषा प्रयोग गरिएको थियो ।

महासंघ अध्यक्ष मोहल घलेद्धारा हस्ताक्षरित विज्ञप्तिमा समाचार लेखेकै आधारमा भएका त्यस्ता गतिविधिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेपका साथै प्रचतिलत कानुनको समेत उपहास भएको उल्लेख गरिएको छ ।

महासंघले घटनाको भर्तसना गर्नुका साथै उक्तकार्यमा संलग्न व्यक्तिलाई सार्वजनिक रुपमा माफि मागि प्रेस स्वतन्त्रताको सम्मान का साथै पत्रकारलाई स्वतन्त्ररुपमा काम गर्ने वातावरण सिर्जना गर्न समेत संम्बन्धीत निकायलाई आग्रह गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु