काठमाडाैं, २६ भदाै : चर्चित हास्यश्रृखला ‘भद्रगोल’बाट बाहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीमले नयाँ टेलिश्रृखलाका ‘सक्किगोनि’ ल्याउने भएको छ ।
मिडियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट परिश्रमिक नपाएको भन्दै छुट्टिएका यो टीमले ल्याउन लागेको श्रृङ्खला ‘सक्किगोनि’ आँउदो असोज २ गते बिहीबारबाट प्रसारणमा आउँदैछ ।
जेपिटी क्रियसन मार्फत निर्माण हुने टेलिश्रृङ्खलाको लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहनेछ । भद्रगोलमा पनि लेखन तथा निर्देशन जिग्री र पाँडेले नै गर्दै आएका थिए ।