सीमाभन्दा ठूलो प्रधानमन्त्री पद होइन : ओली

२०७६, १२ मंसिर बिहीबार ११:४१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि झुटा आरो प लगाउने नेताहरुलाई जवाफ फर्काएका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रियताको सवालमा सोचेर बोल्न आग्रह गरेका छन् ।

‘हिजो पनि एक जना विद्धान पण्डितको वक्तव्य मैले सुनें । अलिक तर्कपूर्ण ढंगले … यो राष्ट्रको समस्या हो । अहिले म प्रधनामन्त्री छु मलाई ब्लेम गर्ने विषय अर्थात मसँगको भनाभनको जुहारीको या मलाई होच्याउने विषय मात्र होइन होला ’, देउवा र बाबुरामको नामै नलिइ उनले भने, ‘राष्ट्रको भूमि सम्बन्धी राष्ट्रको समस्या हो । यो गम्भीर विषयमा नेताहरुले गम्भीरताका साथ बोल्ने गर्नुपर्छ ।

प्रधानमन्त्री ओलीले नेताहरुले तौलका साथ बोल्नु वाच्छनिय हुने प्रतिक्रिया दिए । ‘बाबुरामजी र शेरबहादुरजीलाई तौलका साथ बोल्न आग्रह गर्न चाहान्छु,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले भारतसँग सीमा विवादका विषयमा कुरा उठाउँदा सरकार गिर्छ भने तयार रहेको बताएका छन् । ‘अघिल्लोपटक त म पनि गिरकै हो नि । सरकारबाट मलाई पनि ढालिएकै होनि !’, प्रधानमन्त्रीले भने, ‘नाका ब न्दीको विरोधमा बोलें हुँला । उत्तरबाट पनि ट्रान्सपोर्ट ट्रान्जिट खोलें हुँला । नयाँ उचाइमा नेपाललाई लाने काम गरे हुँला । यस्तै कारण त होलान सरकार ढल्नुका । ढल्छ सरकार । तर, राष्ट्रिय हितको मूल्यमा सरकार ढल्छ कि ढल्दैन । राष्ट्रको सीमाको विषयमा बोल्दा म सरकारमा रहन्छु कि रहँदिन भन्ने कुराले कुनै अर्थ राख्दैन ।’ प्रधानमन्त्री ओलीले आफूले सीमा जोगाउनुपर्छ कि सरकार जोगाउनुपर्छ भन्दै प्रश्न गरेका छन् ।

Comments

ताजा खबर