जापानमा रहेका कावासोतीका युबाहरु बाट मृगौला पीडित गोमा सापकोटा लाई आर्थिक सहयोग ।

२०७६, ३ मंसिर मंगलवार ११:२५

जापान , विश्वास आचार्य । कावासोती नगरपालिका वडा नं. ८ बस्ने मृगौला रोग बाट पिडित गोमा सापकोटा पाण्डेलाई कावासोती बाट जापान गयका कावासोती का युवाहरुद्धारा संकलित सहयोग रकम हस्तान्तरण गरीएको छ ।

जापानमा रोजगारीको सिलशिलामा रहदै आएका कावासोती नगरपालिका वडा नं. ९ का  यादव के.सी.को नेतृत्वमा संकलित रकम साठी हजार यादवका बुबा फर्स बहादुर के.सी.ले उक्त रकम कावासोती नगरपालिकाका उप प्रमुख प्रेम शंकर मदैनिया मार्फत पत्रकारको रोहवरमा परीवारलाई हस्तान्तरण गरीएको थियो ।

कावासोती नगरपालिकाका उप प्रमुख प्रेम शंकर मर्दनियाले रकम हस्तान्तरण गर्दै नेपालीहरु मनका धनी र सहयोगी रहेको भन्दै गोमाको उपचारको लागी सहयोग रकम संकलन गरेकोमा यादव के.सी लगयत जापानमा रहेर आफ्नो गाउको चेलीको उपचारको लागि सहयोग गर्ने टिमका सबै सदस्यहरु लाई धन्यवाद दिदै कावासोती नगरपालीले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु