नोभम्बर २४ तारिख टोकियोमा पत्रकार अनुशिक्षण, डिसेम्बरमा गुन्माकेनका संघसंस्थासंग अन्तर्क्रिया

२०७६, २७ कार्तिक बुधबार ०९:२३

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाले आगामी २४ तारिख आईतबार पत्रकारहरु लक्षित ‘पुनर्ताजगी तथा क्षमता अभिवृद्दी अनुशिक्षण’ कार्यक्रम टोकियोमा आयोजना गर्ने भएको छ । 

नेपाल पत्रकार महासंघ जापानको, आचार संहिता, नीति तथा प्रशिक्षण विभागका संयोजक चन्द्र खनालका अनुसार, जापानमा क्रियाशिल संचारकर्मीहरुको चाहना अनुरुप, विषय विज्ञहरुको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो । नेपाल टेलिभिजनका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा. महेन्द्र बिष्ट  तथा अनुभव र ज्ञानले विशिष्ट पहिचान बनाउन सफल संचारकर्मी देवेन्द्र सुवेदीको प्रशिक्षण रहने कार्यक्रममा, समसामयिक पत्रकारिता, परिवर्तित् सम्भावना,चुनौती, प्रविधि तथा पत्रकारिता नीति एवं खेल पत्रकारिता र राष्ट्रीय गौरव विषयमा अनुशिक्षण गरिने छ । 

कार्यक्रममा सहभागी  हुनका लागि प्रतिव्यक्ति ३ हजार ५ सय येन शुल्कको व्यवस्था गरिएको छ । बिहान ११ बजेबाट साँझ ७ बजेसम्म संचालन हुने कार्यक्रममा, अनुशिक्षणमा सहभागीहरुलाई, प्रमाण पत्र पनि दिईने छ भने, खाना तथा नास्ताको समेत प्रबन्ध गरिनेछ । 

कार्यक्रमको खाका यसप्रकार तय गरिएको छ । ( कार्यक्रम, तालिका) :- डिसेम्बर  १५ तारिख,गुन्मा केनका नेपाली संघसंस्थाहरुसंग अन्तर्क्रिया गरिने नेपाल पत्रकार महासंघ जापानले, डिसेम्बर १५ तारिख  गुन्मा केनमा क्रियाशिल नेपाली संघ-सस्थाहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।  कार्यक्रम नेपाल पत्रकार महासंघ जापान, संघ संस्था समन्वय विभागले संयोजन गर्नेछ। गुन्मा केनको कार्यक्रमलाई, संघ संस्था समन्वय विभागका सह-संयोजक सागर देवकोटाले सहजिकरण गर्नेछन् । यसका साथै सोहि दिन गुन्मा केनमै संस्थाको नियमित बैठक पनि गरिने छ । महासंघले, आफ्नो दोश्रो बैठकबाट निर्णय गरि, संस्थाको काम कारबाहीलाई सहज बनाउन  विभिन्न  विभाग गठन गरी, समबन्धित विभागलाई जिम्मेवारी दिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु