बलेवा सेवा समाज जापानको अधिवेसन डिसेम्बरमा हुने

२०७६, ५ कार्तिक मंगलवार १९:०५

जापान । जापानमा क्रियाशिल बलेवा सेवा समाज जापानको अधिवेसन यहि वर्षको अन्तयमा हुने भएको छ ।

समाजका कार्यवाहक अध्यक्ष राजु चापागाईको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले डिसेम्बरको अन्तिममा अधिवेसन गर्ने नियर्णय गरेको हो । अधिवेसनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नै बताइएको छ ।

बैठकले अधिवेसन सम्पन्न गर्नका लागि आवश्यक तयारी तथा समन्वय गर्न अध्यक्ष सेवक पिसि र महासचिव टिकाराम रिजाल विमल लाई जिम्मा दिने निर्णय गरेको छ ।

साथै बैठकले खानेपानिको समस्या रहेको बागलुङ नगरपालिका १२ अमलाचौर स्थित अल्प संख्यक मुसलमान समुदायको बस्तीमा खानेपानि आयोजना सञ्चालन गर्नका लागि सम्भाव्यता हेरेर ५० हजार सहयोग गर्ने निर्णय गरेको महासचिव रिजालले जानकारी दिनुभयो ।

विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले अध्ययन, पेशा तथा व्यवसायको शिलशिलामा जापानमा रहेका बलेवालिहरुको सक्रियतामा सन २०१३ मा बलेवा सेवा समाज जापान गठन भएको थियो ।

बैठक कर्यावाहक अध्यक्ष रामु चापागाईको अध्यक्षता र महासचिव टिकाराम रिजाल विमलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु