एनआरएनए अध्यक्षमा पन्त विजयी , घोषणा हुन बाँकी ।

२०७६, १ कार्तिक शुक्रबार १०:२४

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ । निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषणा गर्दैछ ।

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजय हुनुभएको स्रोत जनाएको छ । पन्तले पाएको मत भने सार्वजनिक भइसकेको छैन । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

सचिवमा गौरीराज जोशी निर्वाचित हुनुभएको छ । त्यस्तै सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु