नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

औद्योगिक अध्यन भ्रमणमामा जापान आएका चितवन उधोग सघंका पदाघिकारीद्दारा टोकियोमा अन्तरक्रिया सम्पन्न ।

२०७६, १ कार्तिक शुक्रबार ०३:४९

टोकियो । अन्तर्राष्ट्रिय औद्योगिक भ्रमण२०१९को शिलशिलामा जापान भ्रमणमा आएका चितवन उधोग संघका पदाधिकारीहरुले जापानमा रहेका बिभिन्न संघ सस्था एवं ब्यबसायीहरुसग अन्तरक्रिया सम्पन्न गरेका छन ।

चितवन उधोग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा चितवन  उधोग सघंले सम्पन्न गरेका परियोजना एवं योजनाहरुका बारेमा जानकारी गराएको थियो। चितवन उधोग संघले उत्पादनसगै अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रर्दशनि केन्द्रको निर्माण सहितको योजनाहरु सम्पन्न गरेको सो अन्तरक्रियामा जानकारी दिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, चितवन समाज जापानका कार्यवहाक अध्यक्ष अर्जुन अधिकारी, एनआरएन जापानका सदस्य जिवन गुरुङ, ईजिलिङ रेमिटेन्स एवं सुमिरे टुर्स एन्ड ट्राभल्सका सिईयो डिपि अर्यल सहित नेपाली,जापानिज ब्यवसायीहरुको समेत उपस्थिती रहेको थियो । 

अन्तरक्रिया कार्यक्रममा चितवनमा लगानिको आहवन गर्दै लगानीको वातावरण बनाउन र पूर्वधारको लागि चितवन उधोग सघंले सहयोगी बन्ने संघका अध्यक्ष दवाडीले बताउनु भयो उहाॅले पोल्टी लगायतको क्षेत्रमा नेपाल पुर्णरुपमा आत्मनिर्भर हुनसक्नुमा चितवन उधोग संघको योगदान रहेको र लगानिकालागि चितवन उधोग संघ सहयात्री बन्ने पनि बताउनु भयो । 

यस पटकको जापान भ्रमण दलमा चितवन एवं नवलपुर संघमा आवद्ध ४५ जना उधमीहरुको सहभागिता रहेको थियो भने भ्रमणको सयोजन सुमिरे टुर्स एन्ड ट्राभलले गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु