एनआरएनए अध्यक्षका प्रत्याशी पन्त र आचार्यद्वारा आ-आफ्नो टिमको (नामावली सहित )

२०७६, २४ आश्विन शुक्रबार २३:४३

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुमार पन्त र कुल आचार्यले आ – आफ्नो टिमलाई अन्तिम रुप दिने तयारीमा छन्। 

आचार्य निकट स्रोतका अनुसार उनको टिममा डीबी क्षेत्री, मन केसी, जानकी गुरुङ, डा. केशव पौडेल, किरण विक्रम थापा, त्रिलोक गुरुङ, खगेन्द्र न्यौपाने, गोविन्द गौतम, रविना थापा र सोम सापकोटा रहने अन्तिम टुंगो लागेको जनाईएको छ, उनिहरु कुन -कुन पदमा लड्ने भन्ने पनि मोटामोटी सहमति बनेको छ, यसको घोषणा छिट्टै हुने स्रोतले जनासवाललाई बतायो । यता आचार्यलाई महासचिवको छनोट गर्न भने सार्है गार्हो भएको छ। डीबी क्षेत्री, जानकी गुरुङ र डा. केशव पौडेल तीनै जना महासचिव पदका प्रत्यासी रहेका छन् । तर, ती तीन जनामध्ये एकजना महासचिव र अन्य दुई जना अन्य पदमा जाने बताईएको छ । 

कुमार पन्तले पनि आफ्नो टिमलाई अन्तिम रुप दिँदै गरेको उनी निकट स्रोतले जानकारी दिएको छ। उनको टिममा बद्रि केसी, धर्मराज अधिकारि,सपिला राजभन्डारी, हिक्मत थापा,सोनाम लामा, हेमराज शर्मा, गौरि जोशी, शिवकुमार बरुवाल, आरके शर्मा, महेश कुमार श्रेष्ठ र लोक प्रसाद दाहाल रहने जनाईएको छ । यता पन्तलाई भने सचिब पद मिलाउन सार्है गाह्रो भएको जनाईएको छ सचिबमा गौरि जोशी, शिवकुमार बरुवाल र आरके शर्मामध्यबाट दुई जना मात्रै छानिने छन । पन्त समुहलाई आचार्य समुहबाट डिबि क्षेत्रिलाई आफ्नो समुहमा ल्याउन दबाब सिर्जना भएको छ । त्यही अनुसार पन्त पनि लागिरहेको उनि निकट स्रोतले बतायो । दुवै टिमले शनिबार बेलुकासम्ममा आ आफ्ना टिमका नाम र पद सार्वजनिक गरिसक्ने जनाएका छन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु