प्रमिला बस्नेतले दशैको शुभकामना संगै एनआरएनए आईसीसी महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा ।

२०७६, १९ आश्विन आईतवार ०९:२८

जापान अक्टोबर ६ विश्वास आचार्य ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी महिला संयोजकमा प्रमिला बस्नेतले उम्मेद्बारी दिने घोषणा गरेकी छिन् । झण्डै २ दशकदेखी क्यानडामा कार्यरत एनआरएनए एनसीसी क्यानडाकी महिला संयोजक समेत रहेकी बस्नेतले आगामी कार्यकालको लागि महिला संयोजकमा उम्मेद्बारी दिने घोषणा गरेकी हुन् ।

उनले आफु एनआरएन ‘मुभमेन्ट’ मा लागेको मात्र डेढ दशक भएको बताउँदै अब विश्व व्यापीरुपमा लाग्न महिला संयोजकको पदमा उम्मेद्वारी दिने निर्णय गरि सोही अनुरुपको तयारीमा जुटेको बताएकी छन् । विश्वभर छरिएर रहेका सबै प्रवासी नेपाली महिलाहरुलाई एनआरएनएप्रतिको अपनवत्व जगाउँदै थप सक्रिय, उर्जाशील र जिम्मेवार बनाउने योजनामा आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता सहित वस्नेतले उम्मेद्वारी घोषणा गरेकी हुन् ।

आईसीसी महिला संयोजकमा प्रमिलाकाे उम्मेदवारीको आधार यस्ता छन् :- 

१ :- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाको स्थापना सगै सकृय रहदै महिला संयोजक हुदै आइसीसी सदस्यमा समेत काम गरिसकेको ।  

२ :- क्यानडामा नेपाली समुदायको मन्दिर स्थापना देखि हरेक नेपालीको समस्या समाधानमा सक्रिय हुदै अाहीरहेको ।  

३ :- पटक पटक विदेशमा बिचल्ली भएको महिलाहरुको उद्धारका लागि ठूला भुमिका निभायको ।  

४ :- महिलाहरुको पक्षमा बिषेशगरी गहन रुपमा आवाज उठाउदै आएको ।  

५ :- नेपालमा पनि गरिव असाय तथा विभिन्न संघसंसंथाहरुलाई सहयोग पुर्‍याउदै आयको ।  

६ :- नेपालमा रहँदा सरकारी विद्यालयमा १२ बर्ष शिक्षण पेशामा संलग्न रहँदै बलकोट विकास समाज भक्तपुरमा महिलाहरुलाई आयआर्जन र सीप विकास सिलाईबुनाई कार्यक्रम सञ्चालन गरेर सफल गराएको अनुभब ।  

७ :- सन् १९९२–१९९७ सम्म नेपाल जर्मन स्वयमसेवक आवतजावत भ्रमण कार्यक्रम सञ्चालन गरी सफल परेको ।  

किन अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसी महिला संयोजकमा प्रमिला ?

१ :- बैदेशिक रोजगारमा नेपाली महिला र पुरुष कामदारहरु ले कस्ता खाल्को जटिल बर्तमान समस्याहरु भोग्नु परेको छ / त्यस विषयमा एन आर एन ए र नेपाल सरकारको दुइ पक्षीय रुपमा अध्ययन गराई, प्राप्त प्रतिबेदन बास्तबिक नतिजा निष्कर्षमा पुर्‍याई समस्याको समाधानका उपायहरू पत्ता लगाउन ।  

२ :- मध्यपूर्वका विभिन्न खाडी मुलुकहरुमा महिलाहरु विविध समस्यामा परेका घरेलु कामदार नेपाली महिला दिदि-बहिनीको गुनासो र समस्याहरुको तत्काल समाधान गर्नका लागि । महिला दिदि बहिनिहरुलाई श्रमस्बिकृती दिन सम्बन्धित निकायमा पहल गर्नका लागि ।

३ :- महिला दिदिबहिनीहरुलाई स्वदेश फर्काउन सम्बन्धित सबैलाई अनुरोध गर्दै विशेषगरी महिला उद्यमशिलता, सशक्तिकरण र जनचेतनाका अभियान सञ्चालन गरि महिला स्वरोजगारको अभियान चलाउन महिलाहरुको, युबाहरुको, प्राज्ञ-विद्वान हरुको र ब्यबसायीहरुको साझा संस्था बनाउने र प्रबासमा बस्ने नेपालीहरुको र नेपालको समुन्नतिको अभियान अगाडी बढाउन, महिलाहरुको, युबाहरुको, प्राज्ञ-विद्वान र ब्यबसायीहरुको विशिष्टीकृत क्षमतालाई संथागत गराउने प्रयन्त गर्न लागि । 

४ :- प्रबासमा रहेका नेपाली महिलाहरुको बर्तमानको बिबिध क्षमतालाई गैर्ह आवासीय नेपाली संघको संस्थागत माध्यमबाट नेपालका महिलाहरुको उत्थान गराउने प्रयन्त गर्न लागि,

५ :- गैर्ह आवासीय नेपाली संघलाई प्रबासमा बस्ने नेपालीहरुको आपसी सम्बन्ध सुत्र, एकता र समुन्नतको अझ मजबुद मध्यम बनाउने प्रयन्त गर्न लागि,

६ :- गैर्ह आवासीय नेपाली संघलाई अन्तर रास्ट्रिय स्तरमा आउदा दिनमा दिगो संस्थागत विकास, बहुआयामिक र गतिशील बनाउन महिला हरुको पनि विशिष्ट योगदान हुन् सक्छ छ भन्ने प्रस्ट पार्ने प्रयन्त गर्न लागि ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु