जापान – नेपाल टिकट खरिदमा विशेष अफर

२०७६, ११ आश्विन शनिबार २०:३९

पर्यटन र उड्डयनको क्षेत्रमा दुई दशक भन्दा बढी समयदेखि सेवा दिँदै आइरहेको र नेपालको कम्पनी ऐन अनुसार दर्ता भई आईएटीए मान्यता प्राप्त ट्राभल एजेन्सी आईएमई ट्राभल्सले आज जापानको टोकियोमा अवस्थित क्योदाई रेमिटान्स को मुख्य कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्यो । आइएमइ ट्राभल र क्योदाई रेमिट्यान्सबीच सम्झौता भयको र  सेवा सुविधाहरु बाट विशेष गरि नेपाली हरुलाई लाभान्वित गराउने उद्देश्यले क्योदाई रेमिटान्सले मध्यस्तकर्ताको भुमिका निर्वाह गर्ने कुराको जानकारी आईएमई ट्राभल्स का शाखा म्यानेजर नरेन्द्र बस्नेतले गराउनुभयो ।

थप पुष्ठि गर्दै क्योदाई रेमिटान्स का निर्देशक युइचिरो किमोतो ( जापानीज नागारिक ) बताउनुहुन्छ , हामीसँग आईएमई ट्राभल्सको टिकटहरु प्रत्यक्ष रुपमा विक्रीवितरण गर्ने अधिकार नरहेको र सेवाग्राही र आईएमई ट्राभल्स विचको मध्यस्तकर्ता वाहेक अन्य तत्कालिन सम्वन्ध नरहेको कुरा पनि जनाउनु भयो । यसरी आमंशिक रुपमै सम्नवय गरि अगाडि बढ्दा पनि दुई देशविचको सम्बन्ध राम्रो हुने र सेवाग्राहि पनि लाभान्वित हुने कुरा जानकारी गराउनु भयो ।

जापानबाट नेपाल आउँदा जादा आईएमई ट्राभल्स बाट टिकट खरीद गरि क्योदाई रेमिटान्स मार्फत उक्त टिकट रकम आईएमई ट्राभल्सको तोकिएको खातामा पैसा पठाउँदा लाग्ने शुल्क निशुल्क गरिने |

आईएमई ट्राभल्स बाट टिकट किन्दा चन्द्रागिरी केवलकारको टिकट सित्तैमा प्राप्त गर्न सकिने जसका लागि आईएमई ट्राभल्स मा सम्पर्क गर्नुपर्ने कुरा पनि सम्मेलन मार्फत जानकारी गराइयो ।

नेपाल जाने सेवाग्राहीलाई आइएमइ ट्राभल नेपालले अक्टोबर ३१ तारिकसम्म रिङरोड भित्र पिकअप र इपको व्यवस्था गर्ने छ । जसका लागि जापानबाट डिपार्चर हुनु अगावै सेवाग्राहीले आइएमइ ट्राभल नेपालमा जानकारी गराउनु पर्ने छ ।

बिस्तृत जानकारीको लागि तलको भिडियोमा क्लिक गरी हेर्न सक्नुहुनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु