एनआरएनए जापानद्वारा,नेपाल न्युजपोस्टका सम्पादक राजन गौतम् सम्मानित ।

२०७६, २० भाद्र शुक्रबार १७:३८

सेप्टेम्बर,०६ टोकियो  ।गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नवौँ अधिवेशनको अवसरमा जापानमा क्रियाशिल संचारकर्मीहरूलाई विशेष सम्मान गरिएको छ । अधिवेशन उदघाटनको अवसरमा जापानमा सक्रिय पत्रकारिता गर्ने नेपालन्युजपोस्ट डटकमका सम्पादक राजन गौतम् तथा नेपालजापानडटकमका सम्पादक आनन्द कोईरालाई   सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट र एनआरएनए जापानका अध्यक्ष टासी लामाले पत्रकार द्वयलाई सम्मान  गर्नु भएको थियो। वहाँहरुलाई संचारको माध्यमबाट एनआरएनए गतिविधिहरु आम जनमानससम्म पुर्याउन र एनआरएनएका गतिविधिहरुलाई पारदर्शी तथा प्रभावकारी बनाउन गरिएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।

सोही अवसरमा एनआरएनए जापानमा उत्कृष्ठ कार्य गरेको भन्दै कार्यसमिति सदस्य श्रृजना पाण्डे, कान्तो क्षेत्रका निवर्तमान संयोजक नवीन निउरे र क्युसु क्षेत्रिय संयोजक लक्ष्मण बानियाँलाई सम्मान गरिएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु