नवलपुर समाज जापानको निशुल्क दर , साथमा सांस्कृतिक धमाका गर्दै ।

२०७६, ११ भाद्र बुधबार १९:१०

टोकियो, विश्वास आचार्य । हिन्दु नारीहरुको महानचाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपुर समाज जापानले अगस्ट ३१ तारिक सांस्कृतिक धमाका सहित महिलाहरूलाई निशुल्क दर खुवाउने कार्यक्रम गर्ने घोषणा गरेको छ ।

सुईदोबासीको अजिवै तोक्यो रेस्टुरेन्ट मा राष्ट्रीय गायक रमेशराज भट्टराई साथै स्थानीय स्तरका चर्चित कलाकार हरू अमित सापकोटा , खेमराज पौडेल , सोना के सी , निशा क्षेत्रि लगायत केहि आकर्षक नृत्य सहित स्थापनाकाल देखी गर्दै आयको यस कार्यक्रम लाई यस्पाली पनि प्रदेशमा रहेपनी गाऊँघरको झल्को मेटाउने नेपाली चेलीहरु लाई माइती आएको आभास गराउने कोसिस गर्ने संस्थाका अध्यक्ष सागर प्रसाद कंडेल ले जानकारी दिदै अगस्ट ३१ तारिक दिनको ४:३० बाट १२:०० सम्म सबै उपस्थित भएर कार्यक्रममा रमाईलो गर्न पनि अनुरोध गर्नु भएकोछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु