प्रधानमन्त्रीको उपचार एक महिना लम्बिन सक्ने सम्भाबना ।

२०७६, ८ भाद्र आईतवार ०९:००

काठमाण्डौँ ।  सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी ओलीलाई सातपटक ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीलाई पहिलोपटक शुक्रबार ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो । यही अवस्था रहने हो भने उनको सिंगापुर बसाई एक महिनासम्म लम्बिन सक्ने चिकित्सकको भनाइ छ ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टिबढी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस विधि प्रयोग गरिन्छ । नागरिक दैनिकबाट 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु