महानगरीय प्रहरी परिसर, काठमाण्डौले निकिताको जाहेरी दर्ता गर्न मानेन

२०७६, ४ भाद्र बुधबार १९:५९

काठमाण्डौ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो किर्ते गरिएको भन्दै आएको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाण्डौले अस्वीकार गरेको छ ।

पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेल भिडियो किर्ते गरिएको भन्दै चितवन प्रहरीका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाण्डौ पुग्नु भएको थियो ।

तर परिसरले यो मुद्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको भन्दै जोहरी लिन नमानेको निकिताका वकिल राजेन्द्र सेढाईँले जानकारी दिनुभयो । यो घटना चितवन प्रहरीले हेरिरहेकाले काठमाण्डौ प्रहरीले हेर्न नमिल्ने भन्दै फर्काइदिएको उहाँले बताउनुभयो । अब उहाँले जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमार्फत मुद्धा अघि बढाउने पनि बताउनुभयो ।

जाहेरी दर्ता लिन नमानेपछि निकिता पौडेलले काठमाण्डौ प्रहरीप्रति असन्तुष्टि पोख्नुभयो । यही घटनामा मृतक पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले दिएको उजुरी चाहिँ क्षेत्राधिकारभित्र पर्ने तर आफूले दिन खोज्दा चाहिँ त्यो क्षेत्राधिकारभन्दा बाहिर कसरी भयो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीलाई प्रहरीले हिरासतमा लिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु