जापानमा रहेका नेपाली विज्ञहरुको प्रारम्भिक नामावली प्रतिवेदन हस्तान्तरण

२०७६, २१ श्रावण मंगलवार १७:२८

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले सुरु गरेको जापानमा रहेका नेपाली विज्ञहरुको नामावली संकलन कार्य अन्र्तगतको पहिलो चरणको नामावली हस्तान्तरण गरिएको छ।

नामावली संकलन कार्यका संयोजक आनन्द कोइरालाले विभिन्न श्रोत र माध्यमबाट संकलित नामहरुलाई गैरआवासीय नेपाली संघ एनआरएनए जापानलाई हस्तान्तरण गरेका हुन। सोमबार एक समारोहका बीच पत्रकार कोइरालाले एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामा, उपाध्यक्षद्धय शिवप्रसाद पौडेल र अनिता लामा, कोषाध्यक्ष कालिका थापा समेतको सहभागितामा हस्तान्तरण गरेका हुन।

प्रतिवेदनमा जापानमा विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली विषय विज्ञहरुको नामावलीलाई सहभागिताको आधारमा लिपिवद्ध गरि प्रारम्भिक नामावली राखिएको छ। एनआरएनए आईसीसीले नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई सफल पार्न विदेशमा रहेका नेपालीहरुलाई एकिकृत गर्ने योजनामा यस प्रतिवेदनले टेवा पुर्याउने अपेक्षा गरिएको छ।

एनसीसी जापानले यसरी संकलन भएको नामावलीलाई नेपाली राजदूतावास तथा एनआरएनए आईसीसीलाई हस्तान्तरण गर्ने जनाएको छ।

समारोहमा नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष पुस्करजंघ थापा, पूर्व प्रवक्ता सुरेश गिरी लगायतको उपस्थिति रहेको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु