टोकियो,२९ पौष । नेपालमा रहेका आदिवासि जनजाति मध्येको एक घलेहरुले जापानमा पनि आपनो मौलिक संस्कृति सहित ल्होसर ( नयॉ वर्ष ) टोक्यो को रोधी क्लब टोकियो, सिनओकुबु मनाउने भएका छन ।
यस वर्षको ल्होसर कार्यक्रम नेपालका लोकदोहोरीका चर्चित गायक हिमाल घले तथा मोडेल तथा गायिका रिया घलेको प्रस्तुति पनि हुने लि:ल फङ(घले समाज) समिती जापानका अध्यक्ष पुर्ण बहादुर घलेले जानकारी दिनुभयो ।
कुनै समयमा नेपालमा राज्य संचालन समेत गरेको घलेहरुक साझा संस्था लि:ल फङ(घले समाज) समिती जापानले यहि जनवरी १३ तारिक आईतबार सिनओकुबु मा रहेको टोकियो रोधि सॉझमा आयोजना गरिने लि:ल फङ(घले समाज) समिती जापानका अध्यक्ष घलेले जानकारी दिनुभयो ।
ल्होसर नेपालमा रहेका अधिकांस जनजातिहरुले नयॉ वर्षको रुमा मनाउने गर्दछन । घले जातिको आपनै भाषा र संस्कृति रहेको पाईन्छ । नेपाल एकिकरण हुनु पुर्व अहिलेको गण्डक प्रदेशको मध्य तथा हिमाली पहाड़ी क्षेत्रमा बसोबास रहेको घलेहरुले कुनै बेला गण्डाकि सहितको क्षेत्रहरुमा राज्य संचालन गरेको ईतिहास रहेको छ ।
जनवरी १३ मा हुने घलेहरुको नयॉ वर्ष ल्होसरको लागि लि:ल फङ (घले समाज)जापानका अध्यक्ष पुर्ण बहादुर घलेको सयोजकत्वमा समिति निमार्णगरी यस वर्ष पनि घले ल्होसार भब्यता पुर्वक मनाउने भएको हो । जापानमा करिब एक हजार घलेहरु बिभिन्न पेशा तथा ब्यबसाय गरी रहेको अनुमान रहेको छ ।
स्थान-: रोधी क्लब टोकियो, सिनओकुबु
समय :- बेलुकी ५:००बजे देखी ११:०० बजे सम्म
मिती:- २०१९ जनवरी १३ आईतवार