एनआरएनए जापानको आगमी नेतृत्वका शसक्त दावेदार – देवीलाल भण्डारी

२०७६, १० श्रावण शुक्रबार ०६:३३

टोकियो । गैरआवासीय नेपाली संघ जापान यतिखेर नवौँ अधिवेशनको पूर्व संघारमा छ । यो संगै एनआरएन अभियानमा लागेका र  लाग्न चाहनेहरुमाझ पदका लागि आ-आफ्नो सक्षमता र सबलता पेश गर्ने होडबाजी चल्न थालेको छ । यो क्रममा, केही साँच्चै वर्षौँदेखि एनआरएनए अभियानमा होमिदै प्रवासी नेपालीहरुको सेवामा खट्दै आएका वास्तविकरुपमै योग्य र सान्दर्भिक व्यक्तिहरु आएका छन् भने केहि केवल चुनावी माहोललाई अवसरका रुपमा प्रयोग गर्न चाहने व्यक्तिहरुको चहलपहल देखिएको छ ।  

यसै, चुनावी सरगर्मीमा पदका प्रत्यासीहरुले धमाधम औपचारिक/अनौपचारिकरुपमा उम्मेद्वारी घोषणा गरिरहेका छन् । उनिहरु, विभिन्न सामाजिक संजाल तथा अनलाईन संचारमाध्यममा, आफ्ना घोषणा तथा सशक्तता  प्रस्तुत गरिरहेका छन् ।  नेतृत्वका लागि धेरै पात्र र प्रवृत्तिहरु देखापर्नु नौलो कुरा होईन यो समान्य हो । यसैबिच, सामाजिक संजालमा चर्चा/परिचर्चा खासै धेरै नभएको तर वास्तविकरुपमा जापानको एनआरएनए अभियानमा  आफुलाई निरन्तर समर्पण गरि,यस पटकको नेतृत्वको लागि सशक्त दावेदारको स्थानमा रहनुभएका हालको कार्यसमितीका वरिष्ठ उपाध्यक्ष देविलाल भण्डारी पनि यो माहोलमा होमिनुभएको छ ।

विगत १५ वर्षदेखि जापानमा रहँदै आउनुभएका देविलाल भण्डारी,सन २००८ देखि प्रत्यक्षरुपमा एनआरएनए अभियानमा संलग्न रहँदै आउनुभएको छ । स्याङ्जा जिल्लाको गल्याङ्मा जन्मिनुभएका भण्डारी, सन २००४ मा जापान आएदेखिनै आफ्ना पेशा/ व्यवसाय संगसंगै, प्रवासमा रहेका आफु जस्तै प्रवासी नेपालीहरुको समस्याहरु न्युनिकरणमा निरन्तर लाग्दै आउनुभएको छ । 

एनआरएनए अभियानमा उपस्थिती जापानको गैरआवासीय नेपाली संघमा, सन २०१० मा, रोशन केसी को नेतृत्वमा कार्य समिति सदस्य तथा ओम गुरुङ्को पालामा सचिवालय सदस्य हुँदै पारसमणी पोखरेल अध्यक्ष हुँदा, उपाध्यक्ष पदका लागि प्रत्यासी रहनुभएका भण्डारी त्यतिखेर केहि झिनो मतको अन्तरले पराजित हुनुभयो । त्यस समय निर्वाचनमा पराजित हुनुभएता पनि कार्यसमितीका लागि महत्वपूर्ण  गतिबिधिहरुमा निरन्तर लागिरहनुभयो । त्यो हारले वहाँलाई अभियानबाट अलग गराउन सकेन बरु थप मजबुद र जिम्मेवार बनायो फलस्वरुप सुदन थापाको नेतृत्वमा रहेको कार्यसमितिमा प्रत्यक्ष निर्वाचित  उपाध्यक्ष बन्न सफल हुनुभयो । त्यस पश्चात सन २०१७ – १९ को कार्यसमितीका लागि  अध्यक्षको  शसक्त दावेदार भण्डारी,  एनआरएनए अभियानका अग्रजहरुको आग्रहमा, प्रतिश्पर्धा त्यागि सहमतिमा वरिष्ठ उपाध्यक्ष पदमा रहने गरी  टासी वांग्दी लामालाई अध्यक्ष बनाउन सहजीकरण गरिदिँदै, तत्कालिन अधिवेसनलाई सहमति र समझदारीमा अगाडी बढाउने वातावरण सिर्जना गरिदिनुभयो । 

संस्था र समाजप्रतिको जिम्मेवारी बहन भण्डारी संस्थामा रहेर, सबैभन्दा धेरै प्रत्यक्ष खट्ने पदाधिकारीको  अग्र सुची पर्नुहुन्छ। संस्थाले आयोजना गर्ने नेपाल फेस्टिवल जस्ता ठुला, देशकै गौरव बोकेका मेलाहरुको जिम्मेवारी बहन गर्ने कुरामा होस् या प्रवासमा रहेका नेपालीहरुमा भईपरि आउने साना ठूला हर समस्याहरुको न्युनिकरण तथा सहजिकरण गर्ने काममा होस्,  हरेक घटनाहरुमा भण्डारीको महत्वपूर्ण उपस्थिती रहँदै आएको छ । त्यस्तै भण्डारी,- सडक दुर्घटनामा परी गम्भीर घाईते भएकाहरु, विविध घातक विरामी भई हस्पिटलको शैय्यामा छटपटाईरहेकाहरु,असामयिक मृत्यु वरण गरि,अलपत्रको स्थितीमा रहने शव व्यवस्थापनदेखि, कार्यस्थलमा हुने विविध समस्याहरु तथा नेपाली समुदायमा आईपरेका र पर्ने हरेक प्रकारका वाधा व्यवधानहरुको निराकरणमा निरन्तर लागिरहने एक अथक समाज सेवकका रुपमा स्थापित हुनुहुन्छ । 

नेतृत्वमा भण्डारीको  आवाश्यकता आफ्ना व्यक्तिगत पेशा/ व्यवसायका जिम्मेवारीहरुलाई परिवारका सदस्यहरुमा सुम्पिँदै, आफु समाज र समुदायका खातिर निरन्तर कृयाशील भण्डारी, यसपटकको नेतृत्वका लागि दावेदार मात्र   नभई आवश्यकिय व्यक्ति हुनुहुन्छ ।किनकि, वहाँलाई – संस्थालाई लामो समय नेतृत्व तहबाट बुझ्नुभएका, संस्थाको महत्वपूर्ण कार्यहरुमा  जिम्मेवारीपुरा गरी विश्वसनियता हासिल गर्नुभएका,  कार्यसंचालन तथा नेतृत्वप्रदानमा प्रत्यक्ष अनुभव प्राप्त गर्नुभएका,  नेपाली समुदायमा हालसम्म स्वच्छ र ईमान्दार  छवी  कायम भएको तथा कर्मभुमीको एेन/नियम कानुनको सहिढंगबाट पालना गरी स्वतन्त्र र निर्भिक समाज सेवामा लाग्न सक्ने क्षमता भएको व्यक्तिको रुपमा मुल्याङ्कन गरिन्छ । यसका साथै, रोलक्रम र समझदारी तथा संस्थागत मर्यादा क्रममा पनि हाल वरिष्ठ उपाध्यक्ष रहनुभएकाले अवको कार्यकालमा अध्यक्षका  दावेदारीका लागि निर्विकल्प व्यक्ति हो भन्दा फरक पर्दैन । वहाँलाई  नजिकबाट नियाल्ने र एउटै कार्यसमिती भित्र रहेर काम गर्नेहरु भन्छन् वर्तमान कार्यसमितीमा भण्डारी नभएको भए धेरै कुराहरु सम्भव थिएन । संस्थागत लक्ष हालिल तथा कानुनी व्यवधान फुकाउनेदेखि विभिन्न तह र तप्काहरुमा समन्वयकालागि वहाँको महत्वपूर्ण भुमिका छ । यि सबै परिदृश्यलाई नियाल्दा भण्डारी हाल मैदानमा उत्रिएका प्रतिस्पर्धीहरु मध्ये नेतृत्वका लागि सबैभन्दा योग्य र आवश्यकिय व्यक्ति हुनुहुन्छ  । वहाँले एनआरएनए अभियानमा व्यक्तिगत अवसर प्राप्तीको लागि नभई समाजलाई सकारात्मक मार्गमा डोर्याउनका लागि  निरन्तर लागिरहनुभयो । 

के छ त उदेश्यहरु :- लामो समयदेखि नेपाली समुदायका विविध समस्या/चुनौतीहरुलाई नजिकबाट नियाल्दै त्यसको समाधानको लागि खट्दै आएकाले पनि हुनसक्छ, भण्डारी मुख्यत : जापानमा नेपाली समुदाय( कुक/विद्यार्थी/व्यवसायी/ डिपेन्डेन्ट/अन्य जागिरे लगायत सबै नेपालीहरु) का सामाजिक सुरक्षा/ कानुनी उपचार/ रोजगार / शिक्षा / स्वास्थ्य जस्ता क्षेत्रका समस्याहरुको न्युनिकरणमा सम्बन्धित निकायसंग समन्वय गरी अघि बढ्ने योजनामा हुनुहुन्छ । त्यसो त झट्ट सुन्दा यि सामान्य योजना जस्तो लाग्दछन्  तर अन्य सबै प्रकारका समस्याहरुको निराकरणका लागि यि समस्या र चुनौतिहरुको सम्बोधन नभई अगाडी बढ्न सकिदैन । जापानमा रहेका नेपाली समुदायहरुसंगै जन्मभूमी नेपालको पर्यटन प्रवद्धन तथा जापानमा रहेका नेपाली समुदायहरुसंगै जन्मभूमी नेपालको पर्यटन प्रवद्धन तथा अपांगता भएका व्यक्तिहरुको जिवनस्तर उकास्न विशेष पहल गर्ने भण्डारीको योजना छ । योजनाहरुको लामो सुची बनाएर काम नहुनुभन्दा थोरै तर राखिएका उदेश्यहरु पुरा गर्न आफु भरपूर लाग्दा, उपलब्धी हुने  भण्डारीको धरणा छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु