सी.बी.खबर डटकम औपचारिक यात्रा सुरु

२०७६, ६ श्रावण सोमबार १०:३०

जुलाई  २२ – आजबाट सी.बी.खबर  डटकमले  आफ्नो  औपचारिक  यात्रा  सुरु  गरेको  छ ।  सत्य तथ्य  निष्पक्ष  खबरको  संवाहक  सी.बी.खबर  भन्ने  मूल  नाराका  साथ  अनलाइन  न्यूज  पोर्टल  साइट  सुरु  गरिएको  सी.बी.खबर  डटकमका  प्रधान  सम्पादक  सन्तोष  चोखालले  बताउनु  भयो ।  

राष्ट्रिय  तथा  अन्तराष्ट्रिय  खबरहरूलाई  निष्पक्ष  ढंगबाट  पाठकवर्गमा  प्रस्तुत  गर्ने  सी.बी.खबर  डटकमले  जनाएको  छ ।  आजभन्दा     वर्ष  अघि सी.बी.ट्राभल्स एण्ड टुर्सका रूपमा सुरु भएको सी.बी.ग्रुपको  यात्रा  आजबाट   संचार   क्षेत्रलाई  पनि   समेटने  गरि  सुरु  गरिएको  सी.बी.ग्रुपका  अध्यक्ष  महेन्द्र  चोखालले  जानकारी  दिनु  भएको  छ । सी.बी. ग्रुपको  एक  ब्राण्डकै  रूपमा  अनलाइन  पोर्टल  सुरु  गरिएको  ग्रुपले  जनाएको  छ ।  स्वदेश  तथा  विदेशमा  रहेका  नेपालीहरूका  सकारात्मक  पक्षलाई  मुख्य  रूपमा  प्रस्तुत  गरि  सकारात्मक  सन्देश  प्रवाहमा  निरन्तर  लागिरहने  सी.बी.खबर  डटकमले  जनाएको  छ ।  सुरुवाती  अवस्थामा  सम्पूर्ण  पाठकवर्ग, विज्ञापनदाता  तथा  शुभचिन्तक  महानुभावहरूमा  सल्लाहा  सुझावको  अपेक्षा  समेत  गरिएको  जनाइएको  छ ।  

अनलाइन  मीडियाहरूको  भिडमा  प्रतिस्पर्धा  भन्दा  पनि  सत्य  निष्पक्ष  खबर  प्रबाहमा  आफुहरू  तल्लिन  रहने  सम्पादक  सन्दीप  खत्रीले  जानकारी  दिनु  भएको  छ ।  अनलाइनको  व्यबस्थापनमा  सी.बी. ग्रुपक़ै  सदस्यहरू  विक्रम  कार्की    शिव  चोखाल  रहेका  छन ।  त्यस्तै  सी.बी.खबर  डटकमको  प्राविधिक  तथा   डिज़ाइनको  काम  हरि  कार्कीले  गरिरहेको  ग्रुपले  जनाएको  छ ।  सी.बी.ग्रुपले  आज  जारी  गरेको  विज्ञप्तिमा  भनिएको  छ ।  

“ स्वदेशदेखी  विदेशसम्मका  विविध  गतिविधिहरू  तथा  समाचारहरू  सत्य  तथ्य  रूपमा  प्रसारण  गर्नु  हाम्रो  पहिलो  ज़िम्मेवारी   रहनेछ । अनलाईन  समाचार  संप्रेषणका  लागि  हजारौ  संचारकर्मी  साथीहरूको  बिचमा  प्रतिष्पर्धा  भन्दा  पनि  सही  सूचना  संप्रेषण  गर्नु  हाम्रो  मुख्य  दायित्व  रहनेछ । सबै पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकमहानुभावहरू  सम्पूर्णको  साथ, सहयोग    सल्लाहासुझाव  अनुसार  अघि  बढ्ने  प्रण  गर्दछौ ।  आगामी  दिनमा  हाम्रो  यात्रामा  गल्ती  कमीकमजोरीलाई  औल्याऊदै  यहाँहरू  सम्पूर्णको  सल्लाहा  सुझावको  अपेक्षा  गर्दछौ । “ 

 सी.बी.खबर  डटकमले भनेकोछ ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु