युरोपेली युनियनमा नयाँ अपरेटिङ सिस्टम दर्ताको निवेदन,हुवावेद्वारा

२०७६, १ श्रावण बुधबार ११:५९

चिनियाँ कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको लागी हार्मोनी नामक ब्राण्डलाई ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ ।यो  हुवावेले नयाँ अपरेटिङ सिस्टमको  दर्ताको निवेदन दिएको हो । हुवावेले जुलाई १२ मा दिएको निवेदनमाथि इयूको बौद्धिक सम्पत्ति अधिकार कार्यालयमा आवश्यक कार्यवाही चलिरहेको बताइएको छ । हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग हुनेछ ।

 पछिल्लो समय अमेरिकासँगको व्यापार युद्ध तथा गुगलको सम्बन्ध विच्छेदपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम हंगमेंगको विकास गर्ने बताएको थियो । यद्यपि पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्धमा सुधार आएपश्चात् हुवावेको संकट केही कम हुँदै गएको छ। हुवावेका अनुसार आफ्नो स्मार्टफोनका लागि एन्ड्रोइड अपरेटिङ सिस्टम  पहिलो रोजाइको रुपमा रहेको छ ।

कम्पनीका अध्यक्ष लियांग हुआले होंगमेंगलाई स्मार्टफोन अपरेटिङ सिस्टमका रुपमा विकास गर्ने बारेमा अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन् ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु